चीनद्वारा अमेरिकी अनुसन्धान अस्वीकार
एजेन्सी । चिनियाँ सरकारले अमेरिकी अनुसन्धानकर्ताहरुले कोरोनाको उत्पतिसम्बन्धी गरेको प्रारम्भिक अनुसन्धानलाई अस्वीकार गरेको छ । अमेरिकी अनुसन्धाकर्ताहरुले कोभिड–१९ (कोरोना) चिनियाँ शहर उहानबाट फैलिएको संकेत दिएका थिए । जहाँ सन् २०१९ अगष्टमै यसको पहिलो मामला बाहिर आएको थियो । उक्त अनुसन्धान हावर्ड विश्वविद्यालय र बोस्टन विश्वविद्यालयका विज्ञहरुद्वारा गरिएको थियो ।
जुन अनुसन्धान उनीहरुले उतारेको तस्बिरहरुको आधारमा तयार पारिएको छ । जसमा उहानका अस्पतालका पार्किङ स्थलहरुलाई देखाइएको छ । अनुसन्धानको अर्को आधार चीनको सर्च इन्जिनलाई पनि बनाइएको छ । चीनको विदेश मन्त्रालयले यो अनुसन्धान बिल्कूल निराधार भनेको छ । मन्त्रालयले भनेको छ, ‘त्यहाँ धेरै त्रुटीहरु छन्, यसको उद्देश्य चीनको विरुद्ध वातावरण सिर्जना गर्नु हो ।’ उक्त अनुसन्धानमा अमेरिकासँगै विश्वका अन्य केही देशहरुमा चीनले कोरोना महामारी कसरी फैलायो भन्ने आरोप समेत लगाइएको छ । तर उक्त दाबीको बारेमा कुनै ठोस र पारदर्शिता भने देखाउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण