मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नायिकाको छोरामाथि नग्न तस्बिर पठाएको आरोप

शुक्रबार, ३० जेठ २०७७, १० : २६
शुक्रबार, ३० जेठ २०७७

भारतको केरलकी ट्रान्सवुमन मेकअप आर्टिस्ट सीमा विनितले मलयालम नायिका माला पार्वतीका छोराले आफूलाई नग्न तस्बिर पठाएको आरोप लगाएक छिन् । सीमा विनितल सोसल मिडियामार्फत् यसबारे खुलासा गरेकी हुन् । आफ्नो छोरामाथि लागेको आरोपमा पार्वतीले कुनै पनि हालतमा आफ्नो छोराको बचाउ नगर्ने र वास्तविकता थाहा पाउनका लागि रिपोर्ट दर्ता गरेको बताएकी छिन् ।

फेसबुकमा लाइभ  आएकी सीमाले नायिकाको नाम त लिइनन् तर भिडियोको अन्तिममा उनले मालाका छोराको नाम भने बताइन् । सीमानले भनिन्, ‘मलाई ती व्यक्तिले सन् २०१७ देखि अश्लिल मेसेज पठाइरहेका थिए, जुन मैले हालै मात्रै देखेँ । मेरो पोस्ट देखेपछि नायिकाले माफी मागेकी छिन् र आफ्नो छोरालाई ठिक पार्न कोसिस गर्ने बताइन् । उनले मलाई कानूनी कारवाही गर्न र मेरो साथमा भएको पनि बताइन् ।’

माला पार्वतीले सोसल मिडियामा लाइभ आएर भनिन् आफ्नो कुराः

माला पार्वतीले सोसल मिडियामा लाइभ आएर आफ्नो छोराविरुद्ध विवादास्पद आरोप आफ्नो जानकारीमा आएको र सीमा विनितसँग माफी मागेको बताइन् । उनले महिला र आमा भएको नाताले उनलाई कानूनी कारवाहीको सल्लाह पनि दिएको बताइन् । माला पार्वतीले भनिन्, ‘मैले सीमाकी एक साथीसँग कुरा गरेकी थिएँ उनले क्षतीपूर्ती पाए मात्रै यो विषयमा सम्झौता गर्ने बताएकी छिन् ।’

क्षतीपूर्ती माग नगरेको सीमाको दाबीः

मालाको क्षतीपूर्तीको कुरामा सीमाले भनिन्, ‘मैले क्षतीपूर्तीको कुरा गरेँ रे ? मैले आफ्नो व्यक्तित्वको मूल्य लगाएँ होला, सुन्दा नै अचम्म लाग्छ । यदि मैले डायरेक्टरसँग क्षतीपूर्तीको कुरा गरेको भए मलाई प्रमाण दिइयोस् । मलाई लाग्छ कि यो घटनालाई राजनीतिकरण गरिएको छ । ती व्यक्ति चर्चित नायिकाका छोरा भएकोले पनि यस्तो भएको होला । मालाका छोराले मलाई माफी गरिदिन मेसेज पनि पठाएका थिए ।’

छोराको भनाई – आपसी सहमतीमा भयो कुराकानी

यस्तै अर्कोतर्फ मालाले भनिन्, ‘सीमासँग कुरा भएको कुरा छोराले स्विकार गरेको छ तर यो आपसी सहमतीमा भएको थियो । वास्तविकता सार्वजनिक हुनुपर्छ त्यसकारण मैले रिपोर्ट दर्ता गरेको छु र आफ्नो छोराको फोन पनि जिम्मा दिएको छु । म सीमाको साथमा छु र आफ्नो छोराको समर्थन गर्दिनँ । मेरो छोराले उनीहरुले एक–अर्कालाई चिनेतको र उनीहरुको कुराकानी पूर्ण रुपमा सहमतीमा भएको हो ।’

स्रोतः नवभारत टाइम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप