अमेरिकामा कोरोना भ्याक्सिनको अन्तिम चरणको परीक्षण जुलाईमा सुरु हुने
एजेन्सी । सम्भावित कोभिड–१९ भ्याक्सिनको विकासमा सक्रिय अमेरिकी कम्पनी मोडर्नाले आगामी जुलाईमा तेस्रो चरणको काम सुरु गर्ने घोषणा गरेको छ । तेस्रो अर्थात् अन्तिम चरणअन्तर्गत ३० हजार स्वयम् सेवकमा भ्याक्सिन परीक्षण गर्ने योजना रहेको कम्पनीको घोषणा छ ।
मासाचच्युसेट्सस्थित बायोटेक कम्पनीले अनुसन्धानको प्राथमिक लक्ष्य लक्षणसहितको कोभिड–१९ रोकथाम गर्नमा केन्द्रीत हुने जनाएको छ । त्यसपछि अन्तिम लक्ष्य यस क्रुर रोगको रोकथाम गर्दै मानिसलाई अस्पतालबाट बाहिरै राख्नु रहेको जनाइएको छ ।
मोडर्नाले अबको चरणमा अध्ययनका लागि १ सय माइक्रोग्राम डोजको भ्याक्सिन छनोट गरिएको जनाएको छ । यस डोज लेभलमा प्रति वर्ष ५ सय मिलियदेखि सम्भव भएसम्म १ बिलियन भ्याक्सिन उत्पादन गर्ने योजना कम्पनीको छ । यस कम्पनीले २०२१ सम्म भ्याक्सिन बजारमा ल्याइसक्ने लक्ष्य राखेको छ ।
अमेरिका सरकारले भ्याक्सिन पत्ता लगाउन सक्ने सम्भावित ५ वटा कम्पनीको सूचीमा छनोट गरेका कम्पनीमध्ये मोडर्ना एक हो । यस कम्पनीको प्रयासलाई सहयोग गर्न अमेरिकाको फेडेरल बायोमेडिकल एडभान्स रिसर्च एन्ड डेभलपमेन्ट अथोरिटीले ४ सय ८३ मिलियन डलर दिइसकेको छ । मोडर्नासँग यसअघि विभिन्न समयमा गरेर ८ वटा भाइरसको भ्याक्सिन पत्ता लगाइसकेको इतिहास छ । चीन,बेलायतलगायत अन्य देशका कम्पनी पनि कोभिड–१९ भ्याक्सिन विकासको दौडमै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण