वीरगन्जमा बेवारिसे भेटिएको शवसहित ६ जनामा कोरोना पुष्टि
पर्सा – पर्साको वीरगन्ज घण्टाघर नजिकै बेवारिसे पुरुषको शव र अन्य ५ जनामा कोरोना पुष्टि भएको छ ।
शुक्रबार राति गत जेठ २८ गते बेवारिसे अवस्थामा भेटिएको एक पुरुषको शव र अन्य ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जेठ २८ गते बेवारिसे अवस्थामा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।
यसैगरी, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा वीरगन्जको कन्टी इन होटलको क्वारेन्टिनमा बसेका २ र संखुवा प्रसौनी गाँउपालिकाको क्वारेन्टिनमा बसेका ३ जनामा पनि शुक्रबार राति संक्रमण पुष्टि भएको हो ।
कन्टी इन होटलको क्वारेन्टिनमा १२ दिनदेखि बसेका वीरगन्ज ५ कुम्हाल टोलका ३४ वर्षिय महिला र १९ वर्षिय पुरुषमा शुक्रबार राति संक्रमण पुष्टि भएको हो ।
शुक्रबार राति संक्रमण पुष्टि भएका बाँकी ३ जना भने सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ गुलरीया गाँउका हुन् ।
गुलरीया गाँउको एकै परिवारका ३ वर्षिय बालक , १५ वर्षिय बालक र ३० वर्षिया महिलामा संक्रमण भेटिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण