मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा मृत्युको भयावह तस्बिर, हतारमै जलाइन्छ शव !

शनिबार, ३१ जेठ २०७७, १३ : ४९
शनिबार, ३१ जेठ २०७७

एजेन्सी । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढिरहेका बेला भारतको सर्वोच्च अदालतले अस्पताल र अधिकारीहरुले गरेको बिरामीको व्यवस्थापनको व्यवहारप्रति असन्तोष व्यक्त गरेको छ । ‘कोभिड–१९ का बिरामीहरुलाई जनावरभन्दा पनि खराब व्यवहार गरिएको छ,’ संघीय तथा राज्य सरकारलाई खतरनाक अवस्थाबारे ध्यानाकर्षण गर्दै सर्वोच्चले भनेको छ, ‘एकपटक लाश फोहोर फाल्ने ठाउँमा भेटिएको थियो । मानिसहरु मर्दैछन् र त्यहाँ उनीहरुलाई हेर्ने कोही छैन ।’
शुक्रबार भारतमा कोरोनका १० हजार ९ सय ५६ जना नयाँ संक्रमित भेटिए र त्यसमध्ये ३ सय ९६ जनाको मृत्यु भयो । भारतमा एकैदिन यति धेरैले ज्यान गुमाएको यो पहिलो पटक  हो । भारतमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार नाघिसकेको छ र यो विश्वकै चौथो हो, यहाँ ८ हजार ४ सय ९८ जनाले ज्यान गुमाइसकेका छन् ।

अति खराब अवस्था 
यो त बाहिर आएको कुरा भयो । बाँकी विश्वमा झैं यहाँ पनि संक्रमितको यकिन संख्या निकै ठूलो हुनसक्ने आँकलन गरिएको छ, किनकि यहाँ परीक्षण समेत पर्याप्त भइरहेको छैन ।  नयाँ दिल्लीका स्वास्थ केन्द्रहरु संक्रमितको भीडका कारण निकै खराब अवस्थामा छन् र राज्य सरकारका सहायक मुख्यमन्त्री मनिष सिसोडियाले अति खराब अवस्थाको प्रक्षेपण गर्दै जुलाईको अन्त्यसम्म ५ लाख ५० हजार जना संक्रमित हुनसक्ने बताएका छन्, संक्रमित संख्या अहिल्यै ३५ हजार पुगिसकेको छ । 

यद्यपि, शहरका घाटमा शव हेर्दा मृतक संख्या धेरै बढी भएजस्तो देखिन्छ । अस्पतालका शव राख्ने कक्षहरु क्षमताबाहिर पुगिसकेका छन् । गर्मीको समय तापक्रम ४० डिग्रीमा पुगिसक्दा पनि केही शवहरु पातलो आइसभित्र राखिएका छन् । ‘सुरुमा मैले एउटै मात्र लाश बोक्थे । अहिले शव कक्षका सहयोगीहरुले मेरो भ्यानमा अटेसम्म शवहरु राख्छन्,’ नयाँ दिल्ली अस्पतालदेखि शवको अन्त्येष्टी गरिने स्थलसम्म शव बहान कुदाउने गरेका विजेन्द्र धिग्यले भने ।  बाँकी विश्वमा झैं कोरोना भाइरसका कारण दिल्लीमा पनि आवश्यक संस्कार पूरा नगरी हतारमै शव अन्त्येष्टी गरिन्छ । 

शोक–संस्कार अवरुद्ध 
जब राजसिंहकी ७० वर्षीय आमाको भारतीय राजधानीमा कोभिड–१९ का कारण मृत्यु भयो । तब, उनले पूरै विधी पूरा नगरी क्रियाकर्म गरे, हिन्दूहरु विधिसम्मत रुपमा किरिया गर्दा पुनर्जन्मको चक्रबाट आत्माले मुक्ति पाउने विश्वास गर्छन् ।  वैदिक मन्त्र उच्चारण गर्न र गंगा नदीको पानी छर्कन पनि सिंहले पाएनन् । उनले गरेको भनेकै बेरेर राखिएको आफ्नी आमाको लाशलाई काठको चितामा राख्ने र सिमित आफन्तका अगाडि लाश जलिरहेको नियाल्ने हो । 
‘मेरी आमाको अन्त्येष्टी यसरी हुन्छ भनेर मैले कहिल्यै सोचिँन,’ उनले भने । 

भाइरसका कारण मुस्लिमहरुको अन्त्येष्टी पनि प्रभावित भएको छ ।  सामान्यतया इस्लामिक दाहसंस्कारमा समारोह गरिन्छ । शवलाई नुहाइन्छ । दाह संस्कारमा सहभागी भएकाहरुले मृतकको अनुहार हेर्छन् र प्रार्थना आयोजना गरिन्छ । त्यसपछि धार्मिक नेताले प्रवचन दिन्छन् । त्यसपछि नजिकका आफन्तहरुले उठाएर शवलाई चिहानमा राख्छन् । 

अहिले नयाँ दिल्लीको सबैभन्दा ठूलो मुस्लिम कब्रस्तानमा शवको शरीर लगिन्छ । शरीरलाई नुहाउन पाइदैंन र शोकाकुलहरुले मृतकको अनुहार हेर्न पाउँदैनन् । कुनै प्रचवन हुँदैन ।  यस कब्रस्तानमा २ सयभन्दा धेरै कोभिड–१९ मृतकहरुको शव गाडि सकिएको छ, शव आएसँगै हतारमा गाडिन्छ । ‘सम्पूर्ण रुपमा अन्त्येष्टी र शोक प्रतिक्रिया अवरुद्ध छ’ नयाँ दिल्लीको सबैभन्दा ठूलो चिहानमा अन्तिम संस्कार गराउने व्यक्ति पप्पुले भने । श्रोतः अलजजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप