बाइडेनसँगै चुनाव लड्ने उपराष्ट्रपतिका उम्मेदवारको छनौट हुँदै
एजेन्सी । अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रयाटको तर्फबाट जो बाइडेनले प्रतिश्पर्धा गर्ने निश्चित भएपनि उपराष्ट्रपतिमा अझै पनि धेरै जना आकांक्षी रहेका छन् । ती आकांक्षीहरुको नामावलीलाई साघुँरो बनाउने कार्य भइरहेको पार्टीका नेताहरुले जानकारी दिएका छन् ।
पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनको समूहबाट उपराष्ट्रपतिमा प्रतिश्पर्धा गर्नका लागि धेरै नेताहरुले आकांक्षा देखाएका छन् । आकांक्षीहरुको सूचीमा धेरै अश्वेत अमेरिकी महिलाहरु समेत रहेका थिए । आकांक्षीहरुलाई मिलाउनका लागि बनाइएको सर्च कमिटिले आकांक्षीहरुसँग पटक पटक छलफल गरेर उम्मेदवारहरुको संख्या घटाउने प्रयास र प्रक्रियाहरु भइरहेको जनाएको छ ।
प्रारम्भिक अन्तर्वार्ताहरु र छ चरणको प्रक्रिया गरिएको उनीहरुको भनाई छ । यति प्रक्रिया गर्दासम्म मस्साचुसेट्सको एलिजाबेथ वारेन, क्लालिफोर्नियाको कमाल हरिससँगै तत्कालीन राष्ट्रपति बाराक ओबामाका राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राइस आकांक्षीको सूचीमा रहेका छन् । अमेरिकामा यसै बर्षको अन्त्यतिर हुने निर्वाचनका लागि दल तथा नेताहरुले चुनावी कसरतलाई तिब्रता दिएका छन् । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गर या मर’को खेलमा वर्षा खलनायक बन्ने डर
-
लाल सागरमा तेल ट्याङ्करमा मिसाइल आक्रमण
-
पुम्से सेमिनार तथा रिफ्रेसर कोर्स सम्पन्न
-
ललितपुर मेयर कप : लगातार चौथो पटक एपीएफ च्याम्पियन
-
सभामुखले प्रधानमन्त्रीलाई भने, ‘विश्वासको मतअघि संसद् सुचारु हुने वातावरण बनाउनुस्’
-
संसद्को गतिरोध अन्त्यका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षबिच छलफल