नयाँ स्थानीय संक्रमण भेटिएपछि बेइजिङमा लकडाउन लागू
कोरोनाभाइरस संक्रमणको नयाँ केसहरु भेटिएपछि चीनको राजधानी बेइजिङका केही भागमा शनिबार लकडाउन गरिएको छ । शहरको एउटा होलसेल खाद्य बजारसँग सम्बन्धित नयाँ क्लस्टर फेला परेसँगै लकडाउन लागू गरिएको हो ।
दक्षिणी बेइजिङको फेङताई जिल्लाका ११ आवसीय क्षेत्रका मानिसहरुलाई घरभित्र बस्न निर्देशन दिइएको छ । संक्रमणको फैलावट रोक्नका लागि नजिकैको सिन्फादी बजारलाई बन्द गरिएको छ । नयाँ संक्रमित फेला परेसँगै बेइजिङमा स्थानीय संक्रमणको त्रास फैलिएको छ ।
शनिबार फेला परेका थप ६ जना संक्रमित खाद्य बजारसँग सम्बन्धित रहेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । शुक्रबार बजारका करिब २ हजार कामदारको परीक्षण गर्दा थप ४५ जना लक्षण बिनाका संक्रमित फेला परेको सहरका स्वास्थ्य अधिकारी पाङ सिन्घुओले पत्रकारहरुलाई जानकारी दिए । उनीहरुलाई स्वास्थ्य निगरानीमा राखिएको पाङले बताए ।
उता, उत्तरपश्चिम जिल्ला हाइदियानका एक कामदारमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ती कामदार सिन्फादीका संक्रमितको सम्पर्कमा आएको भेटिएको छ ।
लगभग दुई महिनापछि बिहीबार बेइजिङमा पहिलो संक्रमित फेला परेका थिए । उनी गत हप्ता सिन्फादी बजारमा गएको र उनको शहर बाहिर गएको यात्राको इतिहास नरहेको बताइएको थियो ।
गत वर्षको अन्त्यमा ऊहानमा कोरोनाभाइरसको संक्रमण देखिएपछि लागू गरिएको ब्यापक लकडाउनका कारण चीनमा कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा आएको थियो । पछिल्लो समय संक्रमणको दर कम भएसँगै लकडाउनका उपायहरु खुकुलो बनाउँदै लगिएको थियो । यो अवधिमा चीनमा फेला परेका नयाँ संक्रमित बाहिरबाट आएकाहरु मात्र थिए ।
शनिबार घोषणा गरिएका ६ जना संक्रमितमध्ये तीन जना सिन्फादी बजारको कामदार रहेका छन् भने एक जना बजार पुगेको र दुई जना चाइना मिट रिसर्च सेन्टरका कर्मचारी रहेका छन् । यो केन्द्र सिन्फादी बजारबाट ७ किलोमिटर टाढा रहेको छ । केन्द्रका एक कर्मचारी एक हप्ताअघि सिन्फादी बजार पुगेको बताइएको छ ।
संक्रमित फेला परेसँगै चिनियाँ अधिकारीहरुले बजार बन्द गरेका छन् भने एक संक्रमित पुगेको अर्को समुद्री खाद्य बजार पनि बन्द गरेका छन् । एएफपीका अनुसार दुई वटा बजारमा सयौँका संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सिन्फादीबाट कसैलाई पनि आवतजावत गर्न दिइएको छैन ।
संक्रमित फेला परेको क्षेत्रमा २० लाखभन्दा बढी जनसंख्या रहेको छ ।
स्रोत : बैंकक पोष्ट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण