प्रहरी हिरासतमा बाहुबलीकी अभिनेत्री राम्या कृष्णन, के गरिन् त्यस्तो ?
दक्षिण भारतकी चर्चित नायिका तथा बाहुबलीबाट अत्यधिक चर्चामा आएकी राम्या कृष्णननको कारबाट चेन्नई प्रहरीले सय बढी रक्सीको बोतल जफत गरेको छ । राम्या कृष्णनन आफ्नी बहिनी र ड्राइभरसँगै ममलापुरमबाट चेन्नईको यात्रामा थिइन् । यात्राकै क्रममा चेन्नई प्रहरीले चेकपोस्टमा उनको कार रोक्यो र उनको गाडीको अनुसन्धान गर्यो जसमा १ सय ४ वटा बोतल रक्सी पाएपछि नायिका र उनका ड्राइभरलाई प्रहरीले लिएका थिए ।
इन्डिया टुडेको रिपोर्ट अनुसार महाबलिपुरमबाट चेन्नई गइरहेकी राम्या कृष्णननलाई प्रहरीले कार अनुसन्धानका लागि रोकेको थियो । स्रोतका अनुसार उनी निकै शान्त भएर आफ्नो कारको अनुसन्धानका लागि अनुमती दिइन् । यतिबेला कारबाट प्रहरीले १ सय ४ वटा रक्सीको बोतल जफत गरे । लकडाउनको नियम उल्लंघन गरेका कारण प्रहरीले उनलाई हिरासतमा लिएको थियो ।
ड्राइभरलाई प्रहरीले कनाथुर पुलिस स्टेशन पुर्याए, पछि उनले जमानत पाए । खबरका अनुसार राम्या आफैले आफ्नो ड्राइभरलाई हिरासतबाट बाहिर निकालेकी थिइन् । प्रहरीले सामान्य अनुसन्धानका लागि अभिनेत्री र उनका प्रहरीलाई हिरासतमा लिएका थिए । यद्यपि, यसबारे अभिनेत्रीको कुनै प्रतिक्रिया आएको भने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण