बङ्गलादेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ८७ हजार, मृत्यु १ हजार १७१
आइतबार, ३२ जेठ २०७७, २२ : ३३
एजेन्सी । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबार ८७ हजार पुगेको त्यहाँको स्वास्थय मन्त्रालयले पुष्टि गरेको छ । बङ्गलादेशमा दैनिक तीन हजारभन्दा बढीको दरले सङ्क्रमण फैलिएको मन्त्रालयका उच्च अधिकारी नसिमा सुल्तनाले बताए ।
उनका अनुसार विगत २४ घण्टामा तीन हजार १४१ जना सङ्क्रमित भएका छन् । सुल्तनाले पत्रकार सम्मेलनमा भने– ‘अहिलेसम्म बङ्गलादेशमा मृत्यु हुनेको सङ्ख्या ८७ हजार ५२० पुगेको छ भने एक हजार १७१ रहेको छ । विगत २४ घण्टामा २७ पुरूष र पाँच महिला गरी ३२ सङ्क्रमितको मृत्यु भएको छ ।’
बङ्गलादेश विगत २४ घण्टाको अवधिमा १४ हजार ५०५ जनाको कोभिड–१९ परीक्षण भएको थियो । यो समयमा ९०३ जना निको भै अस्पताल र क्लिनिकबाट घर फर्किएका छन् । योसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या १८ हजार ७३० पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण