क्वारेन्टिनमा एक महिलामाथि सामूहिक बलात्कार
कैलाली । कैलालीको लम्कीमा क्वारेन्टिनमा बस्दै आएकी एक महिला बलात्कारको शिकार भएकी छिन् । भारतबाट गत जेठ २० गते आएर स्थानीय क्वारेन्टिनमा बस्दै आएकी लम्कीचुहा नगरपालिका वडानम्बर १ की ३१ वर्षीय महिला शनिबार राति बलात्कृत भएकी हुन् ।
स्थानीय सहिद स्मृति विद्यालयको क्वारेन्टिनमा २० गतेदेखि नै बस्नै आएकी उनलाई त्यही स्वयम्सेवकको रुपमा कार्यरत तीन युवाले मध्यरातमा सामूहिक बलात्कार गरेको पीडितले बताएकी छिन् । आफूमाथि बलात्कार भएको भन्दै उनले इलाका प्रहरी कार्यालय लम्कीमा उजुरी किटानी जाहेरीसहित उजुरी दिएकी छिन् । उनको उजुरीको आधारमा प्रहरीले ३ जनालाई आइतबार साँझ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतिक विष्टले २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र सज्जन बिकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जानकारी दिए । उनीहरु त्यहाँ कार्यरत स्वयम्सेवक भएको बुझिएको छ । अभियुक्तहरुले मध्यराति महिलालाई जबरजस्ती सुतेको स्थानबाट बाहिर बोलाएर सामूहिक बलात्कार गरेको प्रहरीलाई बताएकी छिन् ।
पीडित महिला भारतको बैंग्लोरबाट कैलाली आएपछि क्वारेन्टिनमा बस्दै आएकी थिइन् भने घटना भएको राति उनी विद्यालयको एउटा कोठामा एक्लै रहेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण