अलपत्र अवस्थामा सिक्का बनाउने मेसिन
काठमाडौं – धरहरा निर्माणसँगै सुन्धारास्थित टक्सारका सिक्का बनाउने मेसिन अलपत्र परेका छन् । ऐतिहासिक महावका ती मेसिनमा घाम र पानीले क्षति पु¥याउँदै लगेको छ । धरहरा निर्माणसँगै नेपाल राष्ट्र बैङ्क टक्सार महाशाखालाई बबरमहलस्थित नेपाल औषधि कम्पनी लिमिटेडको भवनमा स्थानान्तरण गरिए पनि मेसिन नसारिएपछि अलपत्र परेका हुन् ।
धरहरा निर्माणको क्रममा टक्सार कार्यालय रहेको भवन भत्काइएपछि सिक्का टङ्कन गर्ने करिब ७० वटा मेसिन छ महिनादेखि खुला आकाशमुनि छन् । करिब ५० वटा काम लाग्ने र कामै नलाग्ने २३ वटा मेसिन अहिले असुरक्षित छन् ।
ती मेसिनको व्यवस्थापन हुन नसक्दा टक्सारले विगत लामो समयदेखि निष्कासन गर्दै आएका चलनचल्तीका सिक्का तथा तक्माहरू टङ्कन गर्ने काममा समेत अवरोध भएको छ । मेसिनहरूमध्ये अहिले ५० वटा सञ्चालन गर्न सक्ने अवस्थामा छन् भने बाँकीलाई मर्मतपछि मात्र सुचारु गर्न सकिने अवस्थामा छन् । बिग्रेका मेसिनको मर्मत गर्न पाँच करोड रुपियाँ विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण