कोरोनाविरुद्धको पहिलो लडाईं जितेको फ्रान्सका राष्ट्रपतिको दाबी
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले फ्रान्सले कोरोनाविरुद्धको पहिलो लडाईं जितेको र अब विभिन्न प्रकारको प्रतिबन्ध हटाइने जानकारी दिएका छन् ।
कोरोना महामारी सुरु भएदेखि आइतबार उनले देशको नाममा चौथो सम्बोधन गरे । उक्त सम्बोधनमा उनले तीन महिना लामो लकडाउन पछि अब देशको अर्थव्यवस्थालाई यथास्थानमा ल्याउने बेला भएको बताए ।
उनले सोमबारदेखि फ्रान्सले युरोपेली संघको शेन्जेन जोनमा समावेश छिमेकी मुलुकका लागि आफ्नो सीमा खोल्ने जानकारी दिएका छन् ।
पेरिसमा बार र रेष्टुरेन्ट खोल्ने अनुमति दिइनेछ । जून २२ तारिखदेखि अनिवार्य रुपमा स्कूल खोलिनेछन् र यसका लागि स्कूलले उचित तयारी गर्नुपर्नेछ ।
म्याक्रोंले भने, ‘हामी साधारण जीवनयापन सुचारु गर्ने विषयमा मानिसहरुले आशा गर्न सक्नेछन् । तर हामीले याद गर्नुपर्ने कुरा के छ भने भाइरस पूर्ण रुपमा समाप्त भएको छैन । हामीले लामो समयसम्म भाइरससँगै बाँच्न सिक्नुपर्छ र सामाजिक दुरीको नियम पालना गर्नुपर्छ ।’
‘यो वर्षको गर्मी अन्य वर्षको भन्दा भिन्न हुनेछ र यदि भाइरस पहिलेभन्दा शक्तिशाली भएर निस्किए हामीले त्यसका लागि पनि तयार हुनुपर्छ । यो महामारीविरुद्ध हाम्रो युद्ध समाप्त भएको छैन तर मलाई खुसी छ कि यसविरुद्धको पहिलो युद्ध हामीले जितेका छौं ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण