उत्तर कोरियाले दक्षिण कोरियासँग सम्पर्कका लागि बनाएको कार्यालय बमले उडायोः रिपोर्ट
मंगलबार उत्तर कोरियाले दक्षिण कोरियासँग सम्पर्क स्थापित गर्नका लागि केइसङको सीमा क्षेत्रमा बनाएको सम्पर्क कार्यालय बमले उडाइदिएको दक्षिण कोरियाका युनिफिकेशन मिनिस्टरले जानकारी दिएका छन् ।
दक्षिण कोरियाको मिनिस्ट्री अफ युनिफिकेशन (एमओयु) ले उक्त बिस्फोट स्थानीय समयानुसार दुई बजेर ४९ मिनेटमा भएको हो ।
उत्तर कोरियाले दक्षिण कोरियाको सीमामा बनेको यो संयुक्त औद्योगिक कम्प्लेक्समा बनेको कार्यालय ध्वस्त पारेको रिपोर्टमा उल्लेख छ । यो घटनापछि परमाणु हतियारद्वारा सुसज्जित उत्तर कोरिया र छिमेकी दक्षिण कोरियाबीचको तनाव निकै गहिरिएको छ ।
यसअघि उत्तर कोरियाली सेनाले सीमा क्षेत्रस्थित सैन्यरहित इलाकामा प्रवेश गर्न तयार रहेको जनाएको थियो ।
दक्षिण कोरिया हुँदै देशबाट भागेकाहरुले उत्तर कोरिया विरोधी पर्चा राखेर सीमा क्षेत्रमा बेलुन उडाएपछि दुई देशबीच तनाव छ । झन्डै एक साताअघि दक्षिण कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आफ्ना सेनालाई कारबाहीका लागि तयार रहन आदेश दिइएको बताएकी थिइन् । र, अहिले उनले सेनाले फ्रन्टलाईनमा खटिएर देशको रक्षा गर्न तयार रहेको जनाएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण