अस्पतालसँग समन्वय गरेर मात्र ‘रिफर’ गर्न मन्त्रालयको निर्देशन
बुधबार, ०३ असार २०७७, १३ : ५४
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ का बिरामीको रिफर गर्दा सम्बन्धित अस्पतालसँग समन्वय गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले कुनै अस्पताल वा चिकित्सकले बिरामीको रिफर गर्दा सम्बन्धित अस्पताल वा चिकित्सकसँग समन्वय गरेर मात्र रिफर गर्न सबै अस्पताललाई निर्देशन दिएको बताए । उनले समन्वय गर्दा बिरामीलाई सहज हुने बताए ।
समन्वय नहुँदा बिरामी मर्कामा पर्ने, उपचार पाउन दुई चारवटा अस्पताल जानुपर्ने बाध्यता र सो क्रममा आवश्यक उपचार नपाई मृत्युसमेत भएको भन्दै आवश्यक समन्वय गर्न निर्देशन दिएको डा.अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण