सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अस्पतालसँग समन्वय गरेर मात्र ‘रिफर’ गर्न मन्त्रालयको निर्देशन

बुधबार, ०३ असार २०७७, १३ : ५४
बुधबार, ०३ असार २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ का बिरामीको रिफर गर्दा सम्बन्धित अस्पतालसँग समन्वय गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले कुनै अस्पताल वा चिकित्सकले बिरामीको रिफर गर्दा सम्बन्धित अस्पताल वा चिकित्सकसँग समन्वय गरेर मात्र रिफर गर्न सबै अस्पताललाई निर्देशन दिएको बताए । उनले समन्वय गर्दा बिरामीलाई सहज हुने बताए । 

समन्वय नहुँदा बिरामी मर्कामा पर्ने, उपचार पाउन दुई चारवटा अस्पताल जानुपर्ने बाध्यता र सो क्रममा आवश्यक उपचार नपाई मृत्युसमेत भएको भन्दै आवश्यक समन्वय गर्न निर्देशन दिएको डा.अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप