क्वारेन्टिन र होल्डिङ सेन्टरका लागि स्थानीय तहलाई रकम निकासा
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले क्वारेन्टिन र होल्डिङ सेन्टरका लागि स्थानीय तहलाई रकम निकासा गरेको छ । मन्त्रालयले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थानीय तहले स्थापना तथा व्यवस्थापन गरी सञ्चालनमा रहेका क्वारेन्टिन र होल्डिङ सेन्टरका लागि रकम निकास गरेको हो ।
मन्त्रालयले १७६ स्थानीय तह र स्थलमार्गबाट आउने नाका अन्तर्गतका २० वटा स्थानीय तहमा बन्ने होल्डिङ सेन्टरका लागि रकम निकासा गरिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारले जानकारी दिए । उनका अनुसार क्वारेन्टिनका लागि १७६ स्थानीय तहलाई रु १३ करोड २२ लाख ५६ हजार ८२५ र २० वटा होल्डिङ सेन्टरका लागि रु दुई करोड ७७ लाख २३ हजार निकासा गरिएको छ ।
यसरी निकासा गरिएको रकम स्थानीय तहले क्वारेन्टिनमा बसेका व्यक्तिको बसोवास, बन्दोबस्त र खानपिनको व्यवस्था गर्न र आवश्कता अनुसार स्वास्थ्य परीक्षण गर्नका लागि खर्च गर्ने छन् । प्रवक्ता अधिकारीले कोभिड व्यवस्थापन सूचना प्रणालीमा पठाएको विवरणअनुसार १७६ स्थानीय तहलाई रकम पठाइएको बताए । भारतबाट स्थलमार्ग हुँदै २० वटा नाकाबाट नेपाल प्रवेश गरेका व्यक्तिलाई राख्न होल्डिङ सेन्टर स्थापनाका लागि उक्त रकम पठाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश : प्रदेश मामिला समितिको सभापतिमा लामा चयन
-
प्रधानमन्त्रीलाई कोइरालाको प्रश्न: कति पटक विश्वासको मत लिनुहुन्छ ?
-
साताको सेयर बजार : परिसूचकसँगै बढ्यो कारोबार
-
माधवको प्रचण्डलाई व्यङ्ग्य, ‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ’
-
रविजी गृह मन्त्रालयमा बस्न पाउनुहुन्न : शेखर कोइराला
-
संसद्लाई धेरै समय बन्धक बनाएर राख्नुहुँदैन : सभामुख