क्वारेन्टिन र होल्डिङ सेन्टरका लागि स्थानीय तहलाई रकम निकासा
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले क्वारेन्टिन र होल्डिङ सेन्टरका लागि स्थानीय तहलाई रकम निकासा गरेको छ । मन्त्रालयले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थानीय तहले स्थापना तथा व्यवस्थापन गरी सञ्चालनमा रहेका क्वारेन्टिन र होल्डिङ सेन्टरका लागि रकम निकास गरेको हो ।
मन्त्रालयले १७६ स्थानीय तह र स्थलमार्गबाट आउने नाका अन्तर्गतका २० वटा स्थानीय तहमा बन्ने होल्डिङ सेन्टरका लागि रकम निकासा गरिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारले जानकारी दिए । उनका अनुसार क्वारेन्टिनका लागि १७६ स्थानीय तहलाई रु १३ करोड २२ लाख ५६ हजार ८२५ र २० वटा होल्डिङ सेन्टरका लागि रु दुई करोड ७७ लाख २३ हजार निकासा गरिएको छ ।
यसरी निकासा गरिएको रकम स्थानीय तहले क्वारेन्टिनमा बसेका व्यक्तिको बसोवास, बन्दोबस्त र खानपिनको व्यवस्था गर्न र आवश्कता अनुसार स्वास्थ्य परीक्षण गर्नका लागि खर्च गर्ने छन् । प्रवक्ता अधिकारीले कोभिड व्यवस्थापन सूचना प्रणालीमा पठाएको विवरणअनुसार १७६ स्थानीय तहलाई रकम पठाइएको बताए । भारतबाट स्थलमार्ग हुँदै २० वटा नाकाबाट नेपाल प्रवेश गरेका व्यक्तिलाई राख्न होल्डिङ सेन्टर स्थापनाका लागि उक्त रकम पठाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण