भारतमा एकैदिन भेटिए सर्वाधिक १३ हजार बढी संक्रमित
बिहीबार, ०४ असार २०७७, ०७ : ४२
भारतमा कोरोना संक्रमितको संख्या बढेर ३ लाख ६७ हजार २ सय ६४ पुगेको छ । बुधबार यहाँ एकैदिन सर्वाधिक १३ हजार १ सय ७ नयाँ बिरामी भेटिएका छन् भने ३ सय ४१ ले ज्यान गुमाएका छन् । दिल्लीमा सर्वाधिक २४ सय १४ र उत्तर प्रदेशमा ५ सय ८३ रिपोर्ट पोजेटिभ आयो । तमिलनाडुमा संक्रमितको आँकडा ५० हजार पार भयो । यो महाराष्ट्र पछि दोस्रो सबैभन्दा धेरै संक्रमित भएको राज्य हो ।
उता दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ जबकि मंगलबार उनको रिपोर्ट नेगेटिभ आएको थियो । आप विधायक आतिशी पनि संक्रमित भए । पूर्व केन्द्रीय मन्त्री र राजद नेता रघुवंश प्रसाद सिंहलाई पनि कोरोना संक्रमण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण