मनाङमा पनि भेटिए संक्रमित, गण्डकी प्रदेशमा कुल संक्रमित संख्या २८९ पुग्यो
पोखरा – बिहीबार मनाङमा एक जनामा कोरोना पुष्टि भएको छ । मनाङमा भेटिएको यो पहिलो केस हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मनाङको चामे गाउँपालिकामा कार्यरत ५७ वर्षिय एक कर्मचारीमा कोरोना पुष्टि भएको हो । उनको स्थायी ठेगाना भने कपिलबस्तु बाढगंगा १४ रहेको स्वास्थ्य निर्देशनालयले बताएको छ । मनाङ सँगै बिहीबार गण्डकी प्रदेशका थप ४ जिल्लामा नयाँ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार नवलपुरमा १८, तनहूँमा १२, मनाङमा १ र गोरखामा ११ गरि बिहीबार ४२ नयाँ संक्रमित थपिएका हुन् । आज कोरोना पुष्टि भएकामध्ये नवलपुरको मध्यविन्दु नगरपालिकाका २ जना उमेर नखुलेको र १५ जना २१, ३५, ३, १८, ३२, ४५, ३४, ४३, २५, १९, २०, १७, ४० र ३० वर्षका गरि १७ जनामा कोरोना पुष्टि भएको छ । नवलपुरकै गैंडाकोट नगरपालिकाका २८ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ ।
तनहूँको ऋषिङ गाउँपालिका, शुक्लागण्डकी र भानु नगरपालिकामा गरि १२ नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये ऋषिङ गाउँपालिकाका ४०, ३१, २०, २३, २४, २७ र २१ वर्षका ७ पुरुषमा कोरोना पुष्टि भएको छ । तनहूँकै भानु नगरपालिकाका २२, ४२, ४० र ५२ वर्षका ४ पुरुष, शुक्लागण्डकीका १८ वर्षिय एक पुरुषमा गरि तनहूँमा १२ नयाँ संक्रमित फेला परेका छन् ।
गोरखाको शहिद लखन गाउँपालिका र पालुङटार नगरपालिकामा गरि ११ नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये पालुङटार नगरपालिकाका ४६, ४५, ४३, २८, २३, ४१ वर्षका ६ पुरुष त्यसैगरि ४० वर्षिय एक महिलामा कोरोना पुष्टि भएको छ । शहिद लखन गाउँपालिकामा ४ जना ५४, ३१, ३८ र २७ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ ।
बिहीबार गण्डकी प्रदेशमा कुल ४२ नयाँ संक्रमित फेला परेका हुन् । यो सँगै प्रदेशको कुल संक्रमित संख्या २८९ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण