शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

१८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

बिहीबार, ०४ असार २०७७, ०८ : ३१
बिहीबार, ०४ असार २०७७

माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ । बिहान ४ः१५ बजे खसेको पहिलो राति १० बजे पन्छाएर सडक नियमित गरिएको हो ।
 
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको उनले जानकारी दिए । शुरुआतमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा समय लागेको उनले जानकारी दिए । 
 
पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए । सडक खुलेसँगै सवारी गन्तव्यतर्फ लागेका छन् । सवारीको चापका कारण सवारी एकतर्फी मात्र सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप