भारतले चिनियाँ कम्पनीलाई यसरी चोट पु-याउने
बिहीबार, ०४ असार २०७७, ०९ : २१
लद्दाखमा चीन र भारतीय सैनिकबीच भएको हिंस्रक झडपपछि बढ्दो तनावको माहौलमा भारतले चिनियाँ व्यवसायमाथि कडा निति अपनाउने भएको छ ।
द इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार चीनको एउटा ठूलो इन्जिनियरिङ कम्पनीले भारतीय रेलवेसँग एउटा ठूलो सम्झौता गुमाउने भएको छ ।
यस्तै टेलिकम विभागले भारत सञ्चार निगम लिमिटेड (बिएसएनएल) लाई चीनमा निर्मित उपकरण प्रयोग नगर्न आदेश दिएको शीर्ष अधिकारीलाई उद्धृत गर्दै स्रोतले बताएको छ ।
‘टेलिकम विभागले बीएसएनएलाई फोरजीका लागि चीनद्वारा निर्मित उपकरण प्रयोग नगर्न भनेको छ,’ शीर्ष सरकारी अधिकारीले भने, ‘टेन्डरको काम पुनः सुरु गरिनेछ ।’
टेलिकम विभागले चीनको उपकरणले नेटवर्कको सुरक्षामा खतरा हुने बताएको छ ।
स्रोतका अनुसार भारतको नेटवर्क अपग्रेड योजनामा चीनको जेडटीई र ह्वावे कम्पनीद्वारा निर्मित उपकरण विवादको कारण बन्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण