मास्क लगाउने नेपाली स्टाइलः जोगाउला त संक्रमणबाट ?
साढे दुई महिना लामो ‘लकडाउन’ पछि सरकारले बन्दाबन्दीलाई केही खुकुलो बनाएको छ । बन्दाबन्दीलाई खुकुलो बनाउनुको अर्थ नेपालमा कोरोनाभाइरसको संक्रमणको जोखिम अन्त्य भयो भन्ने होइन । जनस्वास्थ्यविद्हरु बन्दाबन्दी खुकुलो भएको अवस्थामा जनता झनै सजग हुनुपर्ने र सुरक्षाका उपायहरु गम्भीरतापूर्वक पालना गर्नुपर्ने सुझाव दिन्छन् ।

कोरोनाभाइरस विरुद्धको खोप बनिनसकेको अवस्थामा यसको संक्रमणबाट बच्ने उपाय भनेको सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र सरसफाइमा ध्यान दिने नै हो । विज्ञहरु हामीले मास्क लगाउने हो भने संक्रमणको सम्भावना निकै कम हुने बताउँछन् । सरकारले पनि भीडभाड भएको स्थानमा जाँदा मास्क लगाउन सबैलाई अनुरोध गरेको छ ।

मास्क लगाउने भनेको हाम्रो नाक र मुखबाट भाइरस शरीरमा प्रवेश नगरोस् भनेर हो । त्यस्तै कोही संक्रमित भएका छन् भने उनीहरुले हाच्छ्यूँ गर्दा वा खोक्दा भाइरसबाट अरु संक्रमित नहोउन् भनेर हो । त्यसैले मास्क लगाउँदा हाम्रो नाक र मुख राम्रोसँग ढाकिनुपर्छ ।

तर, हामी नेपालीको भने मास्क लगाउने ‘स्टाइल’ नै फरक छ । हामी मास्क त लगाउँछौ, तर नाक र मुख छोप्न होइन, चिउँडो छोप्नका लागि । कसै कसैले मास्कले मुख छोपे भने नाक छोपेका हुँदैनन् । कतिपयले त मास्कसमेत नलगाइ भीडभाड भएको क्षेत्रमा हिँडिरहेका हुन्छन् । मास्क लगाएका व्यक्ति कसैसँग बोल्नुपरे मास्कलाई हटाएर मात्र बोल्छन् ।

यसरी न त संक्रमित हुनबाट बचिन्छ, न त संक्रमण फैलनबाट रोक्न सकिन्छ । यसरी नै हामी बेपर्वाह हुने हो भने स्थिति भयावह बनेर फेरि लकडाउन गर्नुपर्ने अवस्था पनि आउन सक्छ । बेलैमा ध्यान पुर्याउने हो कि ?













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण