एमसीसीबारे प्रधानमन्त्रीः पढ्दै नपढी कागले कान लग्यो भनेर मान्छे कुदे
बिहीबार, ०४ असार २०७७, १७ : ०८
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले एमसीसी सम्झौताबारे पढ्दै नपढी विरोध भएको बताएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री ओलीले एमसीसी सम्झौतामा के छ पढ्न सुझाव दिए ।
उनले भने- ‘अहिले केही केहीले हल्ला चलाएका छन् । पढ्न अल्छि लाग्छ कि के हो, एमसीसी पढेको मान्छे मैले त्यति भेटिन् । एमसीसी सम्झौता खोजेर ल्याएर पढे हुन्छ । पढ्ने भन्दा हल्लाका भरमा कुद्ने र जसरी भएपनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन ? टाउकोले टेकेर खुट्टा ठाडो पार्ने अभ्यास किन जरुरी छ र ?’
उनले मान्छे लहलहैमा लागेको र अमेरिकी सेना कहाँबाट आउँछ भन्दै प्रश्न गरे । कागले कान लग्यो भन्दैमा दुख्यो दुखेन पनि विचार पनि नगर्ने र कान पनि नछाम्ने प्रवृत्ति रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण