शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सुशान्त सिंह राजपूतको यादमा उनको कुकुर, भावुक पोस्ट भाइरल हुँदै

शुक्रबार, ०५ असार २०७७, ११ : ४१
शुक्रबार, ०५ असार २०७७

एजेन्सी – बलिउडका अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड फिल्म उद्योगमा हलचल पैदा भएको छ । उनको यादमा उनका करोडौं प्रशंसक उनको यादमा दुखी भइरहेका छन् । 

यसैबीच, उनको कुकुर ल्याब्राडोरले उनको यादमा गरेका हर्कतहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको कुकुरले सुशान्तको यादमा गरेका हर्कतहरुले धेरैलाई रुवाएको छ । उक्त कुकुरको भिडियो बिग बोस–१० का बिजेता मनवीर गुर्जरले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । 

सुशान्तको मृत्युपछि उनको कुकुर उनको पखाईमा उनको पर्खाइमा बसिरहेको मनवीर गुर्जरले तस्बिर मार्फत बताएका छन् । 

उनले केही तस्बिरहरुको कोलाज बनाएर सुशान्तको कुकुर उनको यादमा उनी फर्किने आसमा बसिरहेको छ । 

 

मनवीरले तस्बिरसँग सँगै भावुक क्याप्सन पनि लेखेका छन् । उनले क्याप्सनमा लेखेका छन्, ‘ब्रो सुशान्त सिंह राजपूर कोही अरु हैन यो त तिम्रो महत्त्व आज पनि बुझ्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप