शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरिरहेका छौंः स्वास्थ्यमन्त्री ढकाल

शनिबार, ०६ असार २०७७, १७ : २७
शनिबार, ०६ असार २०७७

काठमाडौं । सरकारले प्रदेश प्रयोगशालाको क्षमता क्षमता वृद्धि गर्दै जनशक्ति थप गरी प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको छ ।  नीजि प्रयोगशाला र प्रदेशमा स्थापना भएका प्रयोगशालाको क्षमता विस्तार गरी सरकारले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ भित्र प्रतिदिन १० हजारको परीक्षण गर्ने तयारी स्वरुप काम भइरहेका बताए ।

जनशक्ति व्यवस्थान, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र नीजि क्षेत्रबाट परीक्षण गर्नेगरी तयारी अगाडी बढाइएको उनले बताए । उनले भने– ‘जनशक्ति व्यवस्थापन, ल्याबहरुलाई २४ घण्टा सञ्चालन गर्ने, नीजि क्षेत्रबाट गरी १० हजारको परीक्षण गर्न सकिन्छ ।’ मन्त्री ढकालले प्रतिप्रदेशबाट १ हजारका दरले र नीजि क्षेत्रबाट ३ हजारका दरले प्रतिदिन परीक्षण हुने बताए ।

मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता नभएको बताएका छन् । अनियमितता भएको आशंकामा संसदको लेखा समितिले सोमबार जवाफ दिन खरिद प्रकृयामा संलग्न व्यक्तिहरुलाई बोलाएको छ । त्यअघि नै शनिबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री ढकालले सबै खरिद प्रकृया विधिअनुसार नै भएको बताए ।

उनले भने– ‘यसलाई धेरै दोहो¥याउनु परेन । कानून सबैलाई थाहा छ । पछिल्लोपटक पनि मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर विशेष अवस्थामा खरिद गर्ने भनिएको हो । विधि जे हो त्यहीबाट गर्ने भनेका छौँ । तर प्रकृयाका लागि लाग्ने दिनलाई सहजीकरण गरेका छौँ । किनकि महामारीको समयमा यत्तिकै सामान पाइदैंन भने २१–२१ दिन कुरेर विधि पु¥याउन गाह्रो छ भनेर २, ३ दिनमा ल्याउने भनेर विधि पुर्याइएको हो । तर विधि, प्रकृया र ऐन कानूनमा कुनै परिवर्तन छैन् । महानिर्देशकले सम्पूर्ण अधिकारको प्रयोग गर्नुहुन्छ । अहिले सम्मको हाम्रो विधि र प्रकृया यहि हो ।’

मन्त्री ढकालले विदेशबाट आउनेहरुको हकमा एउटा जहाजमा आउने सबैको पिसीआर परीक्षण गरेको सात दिन नपुगेको भए सबैलाई होम क्वारेन्टाइनमा पठाइने बताए । यद्यपि जहाजमा आउने मध्ये एक जनाको मात्रै पनि पीसीआर परीक्षण नभएको अवस्थामा सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप