चीनको दाबी भारतद्वारा अस्वीकार
एजेन्सी । केही दिनअघि २० भारतीय सैनिक मारिएको गल्वन उपत्यकाबारे चीनले गरेको दाबीलाई भारतले अस्वीकार गरेको छ । शनिबार भारतीय विदेश मन्त्रालय चीनले सो क्षेत्रलाई आफ्नो दाबी गर्दै आएका प्रयासहरु अस्वीकार्य रहेको जानकारी दिएको हो ।
मन्त्रालयले चीनको दाबी गलत रहेको बताउँदै ती दाबीहरु अघिल्ला सर्तहरुसँग समेत मेल नखाने स्पष्ट पारेको छ । गल्वान क्षेत्रको अवस्था ऐतिहासिक रुपमा स्पष्ट रहेको दाबी गर्दै मन्त्रालयले सो उपत्यका भारतको एक हिस्सा भएको बताएको छ । मन्त्रालयले भनेको छ– ‘गल्वान उपत्यका भारतको एक हिस्सा रहँदै आएको छ ।
त्यस इलाकामा भारतीय सेनाले गस्ती गर्दै आएको थियो । भारतले एलसी पछाडि कुनै कदम चालेको छैन ।’ मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले चिनियाँ विदेश मन्त्रालयको दाबीलाई खारेज गर्दै भनेका छन्- ‘मे महिनाको सुरुदेखि नै चिनियाँ सेनाले भारतले गरेको पेट्रोलिङमा सामान्य वाधा पुर्याउँदै आएको थियो । यो बीचमा गतिरोध हटाउनका लागि कमाण्डरहरुको तहमा कुराकानी भयो । एलसी (नियन्त्रण रेखा)मा भारतले स्थितिलाई परिवर्तन गर्दैछ भन्ने चीनको आरोपलाई हामी अस्वीकार गर्दछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण