साउदी अरबले राष्ट्रव्यापी कर्फ्यू हटाउँदै
आइतबार, ०७ असार २०७७, ०७ : २१
साउदी अरबले आइतबारदेखि राष्ट्रव्यापी कर्फ्यू हटाउने घोषणा गरेको छ । कर्फ्यू हटेपनि अझै पनि थुप्रै प्रतिबन्ध भने लागू गरिने बताइएको छ ।
प्रशासनका अनुसार हालका लागि आर्थिक र व्यावसायिक गतिविधि सुरु हुने तर अन्तरराष्ट्रिय यात्रा र धार्मिक यात्रामाथि लागेको प्रतिबन्ध भने जारी रहनेछ ।
साउदी अरबले अहिलेसम्म जुलाईमा सुरु हुने हज यात्राका लागि कुनै घोषणा गरेको छैन ।
यद्यपि, मलेशिया र इन्डोनेशियाजस्ता थुप्रै देशले आफ्नो जनतालाई हज यात्रामा जान अनुमति नदिने बताइसकेका छन् ।
हजको वार्षिक धार्मिक यात्राका लागि हरेक वर्ष २५ लाख श्रद्धालु मक्का शहर जान्छन् ।
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार साउदी अरबमा हालसम्म १ लाख ५४ हजार २ सय ३३ संक्रमित देखिएका छन् भने यहाँ १२ सय ३० को मृत्यु भइसकेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण