सुदूरपश्चिम प्रदेशः थप १६१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि
सुदूरपश्चिम प्रदेशमा थप १६१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट थप ९२ जना तथा सेती प्रादेशिक अस्पतालबाट गरिएको परीक्षणबाट थप ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसगै सक्रिय संक्रमितको संख्या ७९३ पुगेको छ । यसअघि नै १३४ जना संक्रमित निको भइ घर गइसकेका छन् भने ४ जना संक्रमितको मृत्यु भएको छ ।
पुष्टि भएका मध्ये कैलालीका २३ पुरुष र २ महिला, कञ्चनपुरका १ पुरुष, अछामका २ पुरुष, बैतडीका १९ पुरुष र १ महिला, डडेल्धुराका ३० पुरुष र ९ महिला रहेका छन् । त्यसैगरी डोटीका ५९ पुरुष र १३ महिला र बझाङ्गका २ पुरुष गरी जम्मा १६१ जना रहेको सामाजिक बिकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया व्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो ।
हालसम्म अछाममा ६०, बैतडीमा १४१, बझाङ्गमा १८, बाजुरामा ६९, डडेल्धुरामा १७०, दार्चुलामा १२, डोटीमा १२९, कैलालीमा २३६, कञ्चनपुरमा ९६ गरी ९३१ संक्रमित भेटिएका छन् ।
यो प्रदेशमा हालसम्म १०४७३ जनाको पिसिआर विधिवाट जाँच गरिएकामध्ये ९५४२ जनामा नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए । ५४९५ जनाको रिपोर्ट आउन बाँकी छ ।
पोजिटभ संक्रमितको बिभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए । प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद ५६ र संक्रमित १११ गरी १६७ जनाको उपचार भइरहेको छ । ४५३ जना भने सामान्य उपचार पछि घर गइसकेको उनले बताए । सेती प्रादेशिक अस्पताल धनगढीमा १३, टिकापुरमा २६, महाकालीमा ३५, अछाममा १०, बाजुरामा २, डडेल्धुरामा २३ र मालाखेती अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको छ ।
आरडिटी बिधिवाट ८९५१७ जनाको परीक्षण गरिएको छ । क्वारेन्टिनमा २८ हजार १६२ पुरुष र ६ हजार ६५४ महिला रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण