मोदी भन्छन्, ‘कोरोनाका कारण संसारमा योगको आवश्यकता महसुस भयो’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरराष्ट्रिय योग दिवसमा राष्ट्रलाई सम्बोधन गर्दै कोभिड–१९ महामारीका बेला योगले प्रतिरोधी क्षमतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका निभाउन सक्ने बताएका छन् ।
उनले भने, ‘योग प्रति उत्साह बढिरहेको छ र यो कति व्यापक छ भनेर योगको भिडियोले देखाउँछन् । यो परिवारलाई नजिक बढाउने दिन पनि हो । कोरोना महामारीका कारण संसारमा योगको आवश्यकता पहिलेभन्दा गम्भीरतापूर्वक महसुस भइरहेको छ । यदि हाम्रो प्रतिरोधी क्षमता बलियो भए यसले हाम्रो रोग हराउन निकै मद्दत गर्छ । प्रतिरोधी क्षमता बढाउनका लागि योगका अनेक विधि छन् । ’
‘अनेक प्रकारका आसन छन् जसले हाम्रो शरीरको ताकत बढाउँछ, मेटाबोलिजमलाई बलियो बनाउँछ । कोभिड–१९ विशेषगरी हाम्रो श्वासतन्त्रमा हमला गर्छ । हाम्रो श्वासतन्त्रलाई बलियो बनाउन प्राणायामले अत्यधिक मद्दत गर्छ । यो एक ब्रिथिङ एक्सरसाइज हो । सामान्य रुपमा अनलोम–विलोम, प्राणायाम प्रभावकारी छन् । प्राणायामका अनेक प्रकार छन् ।’
मोदीले व्यायामका साथै प्राणायाम गर्न पनि आग्रह गरेका छन् ।
मोदीले छैटौं अन्तरराष्ट्रिय योग दिवसको शुभकामना दिँदै यो दिन एकजुटता र सार्वभौमिक भाइचाराको दिन भएको बताएका छन् ।
उनले यो विश्व बन्धुत्वको सन्देश दिने दिन पनि भएको बताएका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्राहम सम्झौतामा सहभागी भए मात्रै साउदी–अमेरिका आणविक सम्झौता लागू हुने
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण