बेलायतका शीर्ष वैज्ञानिकले क्वारेन्टिनको नीतिलाई भने ‘बेकार’
सोमबार, ०८ असार २०७७, ०६ : ४७
बेलायतका शीर्ष वैज्ञानिकमध्येका एकले देशमा क्वारेन्टिनका लागि अपनाइएको नियमलाई ‘पूर्ण रुपमा बेकार’ बताएका छन् ।
लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका प्राध्यापक पिटर पाएटले बाहिरबाट आएका व्यक्तिहरुलाई १४ दिनको क्वारेन्टिन गर्ने जुन नियम बेलायतले अपनाइरहेको छ, त्यो तत्काल छोड्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
इबोला र एचआइभीमाथि काम गरेर संसारभरी चर्चा बटुलेका वैज्ञानिकले संक्रमितको संख्या निकै कम भएका बेला मात्रै क्वारेन्टिन नीति प्रभावकारी भएको बताएका छन् । यो नियमको जूनको अन्तिममा रिभ्यू गरिनेछ ।
उनका अनुसार मानिसहरुको सुरक्षार्थ दुई मिटरको सामाजिक दुरीको सल्लाह दिइएको छ । उनका अनुसार योभन्दा राम्रो त सार्वजनिक स्थानमा मास्क लगाएर जानु नै सबैभन्दा प्रभावकारी हुनेछ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण