लघुवित्तलाई फोर्स मर्जरमा लैजान माग गर्दै राष्ट्र बैङ्कलाई पत्र

काठमाडौं । लघुवित्त संस्थालाई फोर्स मर्जरमा लैजान कर्मचारीहरुले नै माग गरेका छन् । लघुवित्त संस्थाका कर्मचारीहरुको संगठन नेपाल लघुवित्त ट्रेड युनियन परिषद्ले यस्तो मागसहितको सुझावपत्र नेपाल राष्ट्र बैङ्कलाई बुझाएको हो ।
परिषद्ले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई पत्र लेख्दै उक्त मागसहित मौद्रिक नीतिका लागि ९ बुँदे सुझाव पेश गरेको छ । उक्त पत्रमा लघुवित्त वित्तीय संस्थालाई पनि निक्षेप संकलनको अधिकार दिनुपर्ने समेत उल्लेख गरिएको छ ।
त्यस्तै, लघुवित्त संस्थाहरुलाई ग्रामीण इलाकामा सञ्चालन हुने उद्योगलाई जस्तै आयकरमा छुट दिनुपर्ने, लघुवित्त कोषको स्थापना गरेर सहुलियत ब्याजदरमा लघुवित्त संस्थाहरुलाई ऋण दिनुपर्ने, ऋणको किस्तालाई सानो बनउनुपर्ने र धितो कर्जामा २५ लाख रुपैंयासम्म प्रवाह गरेर १० वर्ष अवधिको भुक्तानी सीमा कायम गर्नुपर्ने, कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना जस्ता राहतका प्याकेजहरु घोषणा गर्नुपर्ने मागसमेत गरिएको छ ।
त्यस्तै, परिषद्ले लकडाउनको समयमा विभिन्न लघुवित्त संस्थाले कर्मचारी हटाएको भन्ने गुनासो आएकोले उनीहरुको पुनर्बहाली गर्न तथा लकडाउन अवधिलाई सार्वजनिक बिदा मानेर सोहीअनुसार सेवा सुविधा उपलब्ध गराउने व्यवस्था गर्न समेत माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह