लघुवित्तलाई फोर्स मर्जरमा लैजान माग गर्दै राष्ट्र बैङ्कलाई पत्र
काठमाडौं । लघुवित्त संस्थालाई फोर्स मर्जरमा लैजान कर्मचारीहरुले नै माग गरेका छन् । लघुवित्त संस्थाका कर्मचारीहरुको संगठन नेपाल लघुवित्त ट्रेड युनियन परिषद्ले यस्तो मागसहितको सुझावपत्र नेपाल राष्ट्र बैङ्कलाई बुझाएको हो ।
परिषद्ले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई पत्र लेख्दै उक्त मागसहित मौद्रिक नीतिका लागि ९ बुँदे सुझाव पेश गरेको छ । उक्त पत्रमा लघुवित्त वित्तीय संस्थालाई पनि निक्षेप संकलनको अधिकार दिनुपर्ने समेत उल्लेख गरिएको छ ।
त्यस्तै, लघुवित्त संस्थाहरुलाई ग्रामीण इलाकामा सञ्चालन हुने उद्योगलाई जस्तै आयकरमा छुट दिनुपर्ने, लघुवित्त कोषको स्थापना गरेर सहुलियत ब्याजदरमा लघुवित्त संस्थाहरुलाई ऋण दिनुपर्ने, ऋणको किस्तालाई सानो बनउनुपर्ने र धितो कर्जामा २५ लाख रुपैंयासम्म प्रवाह गरेर १० वर्ष अवधिको भुक्तानी सीमा कायम गर्नुपर्ने, कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना जस्ता राहतका प्याकेजहरु घोषणा गर्नुपर्ने मागसमेत गरिएको छ ।
त्यस्तै, परिषद्ले लकडाउनको समयमा विभिन्न लघुवित्त संस्थाले कर्मचारी हटाएको भन्ने गुनासो आएकोले उनीहरुको पुनर्बहाली गर्न तथा लकडाउन अवधिलाई सार्वजनिक बिदा मानेर सोहीअनुसार सेवा सुविधा उपलब्ध गराउने व्यवस्था गर्न समेत माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण