रोनाल्डोको गोलमा युभेन्टस विजयी
बोलोग्नालाई हराउँदै इटालियन क्लब युभेन्टसले आफ्नो सिरिए ए को उपाधि रक्षा सुरु गरेको छ । जीतपछि पछिल्लो आठवटा लिग उपाधि जितेको युभेन्टसले शीर्ष स्थानमा लाजियोसँग ४ अंको दुरी बनाएको छ ।
खेलको पहिलो हाफमा पेनाल्टीबाट गोल गर्दै क्रिस्टियानो रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाएका थिए । ३६ औँ मिनेटमा पाउलो डिबालाले युभेन्टसको अग्रता दोब्बर बनाए ।
खेलको अन्त्यतिर ड्यानिलोले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेपछि युभेन्टस १० खेलाडीमा सिमित बनेको थियो ।
कोरोनाभाइरसको महामारीपछि स्थगित भएको लिग सुरु भएयता युभेन्टसले सोमबारको खेलअघि दुई खेल खेलेको थियो । जसमा कोपा इटालियाको सेमिफाइनलमा गोलरहित बराबरीमा रोकिएपछि एसी मिलानलाई पेनाल्टीमा हराएको थियो भने फाइनलमा नापोलीसँग पेनाल्टीमा नै पराजित भएको थियो ।
२७ खेलपछि युभेन्टसको ६६ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको लाजियोको ६२ अंक रहेको छ । लाजियोले एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण