रोनाल्डोको गोलमा युभेन्टस विजयी
बोलोग्नालाई हराउँदै इटालियन क्लब युभेन्टसले आफ्नो सिरिए ए को उपाधि रक्षा सुरु गरेको छ । जीतपछि पछिल्लो आठवटा लिग उपाधि जितेको युभेन्टसले शीर्ष स्थानमा लाजियोसँग ४ अंको दुरी बनाएको छ ।
खेलको पहिलो हाफमा पेनाल्टीबाट गोल गर्दै क्रिस्टियानो रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाएका थिए । ३६ औँ मिनेटमा पाउलो डिबालाले युभेन्टसको अग्रता दोब्बर बनाए ।
खेलको अन्त्यतिर ड्यानिलोले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेपछि युभेन्टस १० खेलाडीमा सिमित बनेको थियो ।
कोरोनाभाइरसको महामारीपछि स्थगित भएको लिग सुरु भएयता युभेन्टसले सोमबारको खेलअघि दुई खेल खेलेको थियो । जसमा कोपा इटालियाको सेमिफाइनलमा गोलरहित बराबरीमा रोकिएपछि एसी मिलानलाई पेनाल्टीमा हराएको थियो भने फाइनलमा नापोलीसँग पेनाल्टीमा नै पराजित भएको थियो ।
२७ खेलपछि युभेन्टसको ६६ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको लाजियोको ६२ अंक रहेको छ । लाजियोले एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका जानु छ भने कानुनले चिन्ने गरी जानुस्
-
एटीएस ब्रान्डको स्वदेशमा उत्पादित विदेशी गुणस्तरको टाइल नेपाली बजारमा
-
‘हिरामण्डी’ को सुटिङका क्रममा डिप्रेसनमा थिइन् मनीषा
-
पाकिस्तानलाई हराउँदै आयरल्याण्डले रच्यो इतिहास
-
मीनबहादुर गुरुङद्वारा अस्पताल बनाउन ४१ करोड सहयोग
-
राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्यो : प्रवक्ता सापकोटा