तानसेनमा पहिरोः गाडी पुरिदा तीनको मृत्यु, पहिचान खुल्न बाँकी
बुटवल । पाल्पा तानसेन हार्थोक सडकखण्डमा हिजो सवारी पुरिदा मृत्यु भएकाहरुको अझै पहिचान खुल्न सकेको छैन । सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा तानसेन–रिडी सडक खण्डमा पहिरोले गाडी बगाउँदा सोमबार तीन जनाको मृत्यु भएको थियो ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले तानसेन नगरपालिका–११ सम्मोबारी नजिकै सडकमा रोकिएका चारवटा सवारी बगाएको थियो । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते अवस्थामा उद्धार गरिएका एक पुरुषको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा मृत्यु हुने तीन जना पुरुष रहेपनि अझै पहिचान खुल्न नसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गीरीले जानकारी दिए ।
तानसेनबाट रिडीतर्फ जाँदै गरेका गाडीहरु सोही स्थानको जोगीपानीमा खसेको पहिरो पन्छ्याउनका लागि रोकेर राखिएको थियो । सडकमा रोकेर राखिएका लु १ च ७०४३ नम्वर पिकअप जिप, लु.१ प.१९२८ नम्वरको पानी ट्याङ्कर, लु.२ ख १३७६ नम्वरको ट्रक सडकदेखि तल खसेको र लु १ च ७०११ नम्वरको कार बाटोमै पुरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । सडक तलबाट प्रहरीले दुई जनाको शव निकालेको थियो ।
सुरक्षा निकायका व्यक्तिहरु राति अवेरसम्म उद्धारमा खटेपनि माथिबाट पहिरो खसिरहेको र पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण