भारतीय गाडीको ठक्करबाट एक वृद्धको मृत्यु
मङ्गलबार, ०९ असार २०७७, ०९ : १४
मकवानपुर – भारतीय गाडीको ठक्करबाट मकवानपुरमा एक वृद्धको मृत्यु भएको छ । सोमबार साँझ मनहरिको सुनाचुरी भन्ने ठाउँमा भारतीय ग्यास बुलेटको ठक्कबाट पैदलयात्री ७३ वर्षीय जसबहादुर घिसिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भारतबाट एलपी ग्यास लिएर हेटौँडा हुँदै चितवनतर्फ जाँदै गरेको एनएल१एल २४७० नंको भारतीय ग्यास बुलेटको ठक्करबाट घिसिङको घटनास्थलमै मृत्यु भएको थियो । मृतक घिसिङ मनहरी–६ सुनाचुरीका स्थानीयवासी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
ठक्कर दिने ग्यास बुलेट र सो बुलेटका चालक भारत मोतिहारी जगदाका ५६ वर्षीय विजय मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण