करन, आलिया, सोनम, करिनासमेत ६ सेलिब्रटीले लक गरे इन्स्टाग्रामको कमेन्ट सेक्सन
मङ्गलबार, ०९ असार २०७७, १३ : २७
सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा सुरु भएको परिवारवादको बहस रोकिनुको साटो झन् बढ्दो छ । सोसल मिडियामा लगातार चर्चित निर्माण कम्पनी, त्यसका मालिक र स्टार किड्सलाई घेर्ने क्रम जारी छ । उनीहरुको पोस्टमा गरिएको कमेन्ट हेर्दा यस्तो लाग्छ कि सुशान्तले यस्तै मानिसहरुका लागि आत्महत्याजस्तो कदम उठाएका हुन् ।
यो यतिसम्म बढ्दै छ कि आधा दर्जन बढी बलिउड सेलिब्रिटीले आफ्नो इन्स्टाग्राम अकाउन्टको कमेन्ट सेक्सन सर्वसाधारणका लागि लक गरिदिएका छन् । यसमा करन जोहर र उनको क्याम्पसँग जोडिएका आलिया भट्ट, करिना कपुर, सोनम कपुर, सोनाक्षी सिन्हा, अनन्या पाण्डे र शाहरुख खानकी छोरी सुहाना खान समावेश छन् । अब यी सेलिब्रिटीको पोस्टमा उनीहरुका नजिकका साथीले मात्रै कमेन्ट गर्न सक्छन् ।
यो पनिः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
