भारतलाई पाठ सिकाउन चाहान्थे चिनियाँ कमाण्डर
एजेन्सी । केही दिनअघि लद्दाखस्थित गलवान झडपमा भारतीय सेनाका कर्नेलसहित २० जनाको ज्यान गयो । चिनियाँ सेनाको आक्रमणमा परेर उनीहरुको ज्यान गएलगत्तै दुई देशबीचको सीमा विवाद उत्कर्षमा पुगेको छ । वास्तवमा सो झडप हुनुको पछाडि कसको हात बढी छ भन्ने बहस पनि चलिरहेको छ । अहिले सो उपत्यकामा भएको झडप निम्त्याउनमा चिनियाँ सेनाका एक कमाण्डरको हात रहेको दाबी गर्दै रिपोर्टहरु बाहिर आइरहेका छन् ।
अमेरिकी गुप्तचर संस्थाले मंगलबार जुन १५ को गलवान उपत्यकाको घटना हुनुमा चिनियाँ जनमुक्ति सेनाका कमाण्डर झाओ जोङ्कीको विशेष हात रहेको दाबी गरेको छ । उनले नै उक्त झडपका लागि आदेश दिएको गुप्तचर संस्थाले जनाएको छ । एजेन्सीका अनुसार झाओ सन् २०१७ मा डोकलाममा भएको विवादका क्रममा पनि त्यहाँका कमाण्डर थिए । उनकै कारण त्यहाँ पनि विवाद बढेको थियो । गल्वानमा पनि उनको आदेशमा झडप भएको एजेन्सीले दाबी गरेको छ ।
झाओ पश्चिमी थिएटर कमाण्डका जनरल हुन्
अमेरिकी गुप्तचर एजेन्सीको रिपोर्टअनुसार जनरल झाओ चिनियाँ सेनाका पश्चिम थिएटर कमाण्डको नेतृत्व गर्छन् । उनी चिनियाँ जनमुक्ति सेनाका उच्च कमाण्डरहरुमध्ये एक हुन् । उनी अमेरिका र भारतबीचको सम्बन्धका कारण चीन दबाबमा पर्नु हुन्न् भन्ने मान्यता राख्ने गर्छन् । त्यसैले उनी भारतलाई पाठ सिकाउन चाहान्थे । झाओलो सन् २०१६ मा भारतका तत्कालीन सेना प्रमुख दलबीरसिंह सुहागलाई पनि भेटेका थिए ।
चीन भारतलाई चेतावनी दिन चाहान्थ्यो
एजेन्सीको रिपोर्टका अनुसार चीनको उद्देश्य भारतलाई आफ्नो शक्तिको महसुस गराउनु थियो । तर हिंसात्मक झडप हुन पुग्यो । भारतमा अहिले चीन विरोधी आवाजहरु उठिरहेका छन् । अब दुई देशबीचको वार्ता पहिले जसरी हुन सजिलो छैन । अब अमेरिका र भारत थप नजिक हुनेछन् । अमेरिकाले धेरैमहिना अघि भारतलाई चिनियाँ कम्पनी हुवेईको जी ५ नेटवर्क निर्माणका लागि सहयोग नगर्न चेतावनी दिएको थियो ।
जुन १५ को घटनापछि भारतीयहरु टिकटकजस्ता एप्सहरु हटाउन थालेका छन् भने चिनियाँहरु ह्यान्डसेटको प्रयोगलाई बेवास्ता गरिरहेका छन् । रिपोर्टका अनुसार चीनले आफुले चाहेको कुरा गर्न नसकेको दाबी गरिएको छ । उसले सोचेभन्दा फरक ढंगले परिस्थिति विकास भएको समेत जनाइएको छ । श्रोतः दैनिक भाष्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण