रणबीरले करनमाथि गरेको पुरानो कमेन्ट भाइरलः भनेका थिए, ‘कार्यक्रममा जबर्जस्ती बोलाएर हाम्रो नाममा पैसा कमाउँछन्’
सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा परिवारवादसँग जोडिएका विभिन्न मामिला सार्वजनिक भइरहेका छन् । परिवारवादका सबैभन्दा ठूला संरक्षकको रुपमा करन जोहरको नाम सबैभन्दा माथि छ र उनी नै अत्यधिक निशानामा छन् । सोसल मिडियामा त करनको नाममा विभिन्न प्रकारको मीम्स बनिरहेको छ । अब उनको कार्यक्रम कफी विद करन पनि प्रश्नको घेरामा छ जहाँ सेलिब्रिटीलाई यस्ता प्रश्न सोधिन्छ जसको जवाफ निकै विवादित हुने गर्दथ्यो । यसै कार्यक्रममा पाहुनाको रुपमा उपस्थित भएका रणबीरको एउटा बयान आजकाल चर्चाको विषय बनेको छ ।
आलियाले भनेकी थिइन्, ‘सुशान्तलाई मार्नेछु’
सुशान्तको मृत्युका लागि स्टार किड्स जिम्मेवार मानिरहेका सोसल मिडियाका प्रयोगकर्ताले एउटा भिडियो भाइरल बनाएका थिए जसमा आलियाले करणको शोमा सुशान्तलाई मार्न चाहेको बताएकी थिइन् । यो क्लिप भाइरल भएपछि उनका फलोअर्सको संख्या तीब्र रुपमा घटेको छ । आलियापछि सोनम कपुर, करिना कपुर र रणबीर कपुरको पनि यो कार्यक्रममा दिइएको बयान भाइरल भइरहेको छ ।
हामी करनको जवाफको उत्तर दिएर समस्यामा पर्छौंः रणबीर
एआईबीलाई दिएको अन्तरवार्तामा रणबीरले करनले सोधेको प्रश्नको जवाफ दिएर आफूहरु फस्ने गरेको खुलासा गरेका थिए । रणबीरलाई सोधिएको थियो, ‘के तपाईं कफी विद करणमा जाँदाजाँदा थाक्नु हुन्न ?’ तब रणबीरले उत्तर दिएका थिए, ‘हो, म थाकिसकेको छु । मैले भनिसकेको पनि थिएँ कि म यो शोको हिस्सा बन्न चाहन्नँ तर मलाई जबर्जस्ती बोलाइयो । म र अनुष्का शर्मा त करनले जे गरिरहेका छन् त्यो गलत हो भनेर देखाउनका लागि पूरा इन्डष्ट्रिसँग मिलेर विरोध गर्ने तयारीमा थियौं । करनले त शोबाट पैसा कमाउँछन् तर हामीले जति पनि जवाफ दिन्छौं त्यसकारण हामीलाई निशाना बनाइन्छ । करणको उपहारमा पनि आइफोनबाहेक खासै केहि पनि हुन्नँ ।’
सोनमको भिडियो पनि भएको थियो भाइरलः
सुशान्त सिंहको मृत्युपछि सोनम कपुरले रिया चक्रवर्तीलाई समर्थन गर्दै ट्वीट गरेकी थिइन् । त्यसपछि उनलाई पनि ट्रोल गरियो । सोनमले करनको कार्यक्रममा नै सुशान्तसँग जोडिएको प्रश्नमा उनले सुशान्तलाई नचिन्ने बताएकी थिइन् । सोनमको यहि भिडियो पनि तीब्र रुपमा भाइरल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो ब्रोकर कमिसन : १ करोड रुपैयाँमाथिको कारोबारमा अब ०.२४ प्रतिशत मात्र लिन पाइने
-
अर्थमन्त्री पुनले गरे आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीसँग अन्तरक्रिया
-
भारतले विस्फोटक पदार्थ रोक्दा जलविद्युत आयोजनाको निर्माण रोकियो
-
गण्डकीमा फडिन्द्र देवकोटाले अस्वीकार गरे मन्त्री पद
-
यूरोप, अमेरिकामा रोजगारी दिने भन्दै ठगी बढेपछि सचेत रहन मन्त्रालयको आग्रह
-
माथिको आदेश मात्रै पालना गर्ने हो भने नेताहरू डाइनोसर हुन्छन्: मुख्यमन्त्री कार्की