अष्ट्रेलियामा वृद्धालाई ठगेको आरोपमा १९ र २२ वर्षे नेपाली पक्राउ
पश्चिमी सिड्नीमा बस्ने एक वृद्धाको हज्जारौं डलर ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् ।
प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षे आयुष भट्टराईलाई टेलोपियास्थित वृद्धाको घरबाट सोमबार स्थानीय समयानुसार साढे चार बजे पक्राउ गरेको हो ।
८५ वर्षीया वृद्धाले दिएको बयान अनुसार उनको बैंक खातामा समस्या आएको भन्दै टेलिफोनमार्फत् जानकारी दिइएको र नयाँ खाता बनाउनुपर्ने सल्लाह दिइएको थियो ।
तत्पश्चात् ती वृद्धालाई उनकै घरमा आउने कुरियरकर्मीलाई तीन हजार डलर दिन आग्रह गरियो । उक्त पैसा उनको नयाँ खातामा राखिने पनि विश्वास दिलाइयो ।
तीन हजार डलर रकम दिएपछि वृद्धालाई शंका लाग्यो र उनको प्रहरीलाई यसबारे जानकारी दिइन् ।
Two Nepalese nationals are behind bars, accused of fleecing tens of thousands of dollars from elderly and vulnerable Sydneysiders as part of an international fraud syndicate. #9News
Posted by 9 News Sydney on Tuesday, 23 June 2020
फेरि सोही समूहले वृद्धासँग पाँच हजार डलर माग गरेको र सोमबार पैसा लिन जाने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
गुप्तचरले उनीहरु अन्तरदेशीय ठगहरुको गिरोहमा संलग्न भएको पत्ता लगाएका छन् जुन अष्ट्रेलियामा रहेका सदस्यको सहयोगमा भारतबाट सञ्चालित छ ।
अनुसन्धानकर्ताले यस्तै फोन पाएका अन्य पीडितबारे पनि पत्ता लागेको जानकारी दिएका छन् ।
गिरी र भट्टराईलाई पारामाटा स्थानीय अदालतमा मंगलबार पेश गरिएको थियो ।
उनीहरुलाई दुई महिनापछि अर्थात् अगस्ट २० मा पुनः अदालतमा उपस्थित गराइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण