लकडाउनमा बैङ्क तथा वित्तीय संस्थामा पैसा राख्नेहरु बढे, चैत यता १ खर्ब ७० अर्ब निक्षेप संकलन
नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले बजारमा अहिले अत्यधिक पैसा भएको बताएका छन् । बजारमा तरलता हुनुको कारण सोचेभन्दा बढी रेमिट्यान्स भित्रनु रहेको अधिकारी बताउँछन् । यस्तै अहिले बैङ्कमा कम कर्जा प्रवाह र बढी निक्षेप संकलन भएकाले पनि बैकिङ प्रणालीमा तरलता बढी भएको उनको भनाइ छ ।
उनका अनुसार लक डाउनको अवधिमै १ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप बैङ्क तथा वित्तीय संस्थामा संकलन भएको छ । अहिले बिजनेस साइकल नै भत्केकाले अबको निदमा कर्जाको माग ह्वात्तै बढेर जाने उनले भने । न्युज एजेन्सी नेपालसँगको अन्तरवार्तामा गर्भनर अधिकारीले माग अनुसारको कर्जा प्रवाह गर्न बैङ्कहरु तयार भएर बसेको बताए ।
यस्तै अहिले कोरोनाको कारण व्यापार व्यवसाय थला परेको छ । व्यापार व्यवसाय नहुँदा बैङ्कको ब्याज, कर्मचारीको तलब लगायतका समस्या व्यवसायीहरुले झेलिरहेका छन् । तर यसरी समस्यामा रहेको कुनै पनि विजनेसलाई राष्ट्र बैङ्कले काध हालेर मात्र समस्याको समाधान नहुने गर्भरन अधिकारीले अन्तरवार्तामा भनेका छन् । अन्तरवार्तामा गर्भनरले यस्तो भनेका हुन् । उनले सबै समस्याको समाधान राष्ट्र बैङ्क मात्र नभएको बताएका छन् । यद्यपि, बैङ्क तथा वित्तीय संस्थाले अहिले ग्राहक बचाउनु भनेको भोलिको दिनमा उसले आफु बाँच्ने आधार बनाउनु भएको उनले भने ।
हेर्नुहोस् अन्तरवार्ताको पूर्ण भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
