विश्व बैंकसँग सझदारीपत्रमा हस्ताक्षर
बुधबार, १० असार २०७७, १७ : २३
काठमाडौं । विश्व बैंकले दिने करिब १२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायताका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुशलता अभिवृद्धिका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था आइडीएले दिने १२ अर्ब रुपैयाँ सहुलियतऋण सहायताका लागि हस्ताक्षर भएको हो ।
नेपालका तर्फबाट अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र बैंकका देशीय निर्देशक फारिस हाजाडजेर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कोरोना संकटविरुद्ध लड्न र विद्युत क्षेत्रका लागि विश्व बैंकले ऋण सहयोग गरेको हो । प्राप्त ऋण सहायताले नेपालमा भरपर्दो र दिगो विद्युतले गरिबी न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
विश्व बैंकले डेभलभमेन्ट पोलिसी क्रेडिट अन्तरर्गत नेपाललाई सहयोग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चारवटै सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने घोषणा
-
सैफ अली खान र करीनाको सम्बन्ध बिग्रिएको हो ?
-
सामाजिक सुरक्षामा केन्द्रित सबै संस्थालाई मर्जर गर्ने सरकारको उद्घोष
-
प्रहरीको बढुवा प्रणाली अनुमानयोग्य बनाउने सरकारको घोषणा
-
यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
ज्येष्ठ नागरिकको घरमा नै नियमित स्वास्थ्य परीक्षण गरिने