शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अब आमाको नामबाट पनि नागरिकता

बुधबार, १० असार २०७७, १८ : २८
बुधबार, १० असार २०७७

काठमाडौं । नेपालमा आमाको नामबाट नागरिकता पाउनुपर्ने बहस विगतदेखि उठिरहेका बेला संसदीय समितिबाट पास भएको बिधेयकले यसबारे ढोका खोलेको छ । हालै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट पास भएको नेपाल नागरिकता ऐन २०६३ को संसोधन विधेयकमा आमाको नामबाट नागरिकता प्राप्ति सम्बन्धि विशेष व्यवस्था गरिएको छ । यो विधेयक प्रतिनिधिसभामा बुझाईको छ र संसदमा छलफलपछि पारित हुँदैछ ।  

नेपाल नागरिकता पहिलो संशोधन ऐन २०७७ को रुपमा आउन लागेको विधेयकमा मूल ऐनको दफा ८ संशोधन गर्दै सो को उपदफा १ को क (२) मा नेपाली  नागरिक  आमाबाट  नेपालमा  जन्म  भई  नेपालमा  नै  बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निजको आमाले गरेको स्वघोषणाको आधारमा नागरिकता दिने व्यवस्था गरिएको छ । यसबाट बावुको पहिचान नभएकाले आमाको नामबाट नागरिकता पाउन सक्नेछन् । 

निवेदन  दिँदाका  बखत  त्यस्तो  व्यक्तिको  आमाको  मृत्यु भइसकेको  वा  होस  ठेगानमा  नरहेको  अवस्थामा  नागरिकता  लिने व्यक्तिले गरेको स्वघोषणाका आधारमा नागरिकता दिने व्यवस्था गरिएको छ ।  यस्तै बाबु आमाको ठेगान नभएको नेपाल भित्र फेला परेको व्यक्तिको हकमा बालमन्दिर,  अनाथालय  जस्ता  नेपाल  सरकारद्वारा  मान्यता  प्राप्त संस्थामा  हुर्केको  भए  त्यस्तो  संस्थाको  सिफारिस  र  सोको आधारमा सम्बन्धित स्थानीय तहले गरेको सिफारिस, कानूनी संरक्षकद्वारा  हुर्काइएको  भए  त्यस्तो  संरक्षकले गरेको सनाखत  सहित  निजको  नागरिकताको  प्रमाणपत्र  र सम्बन्धित स्थानीय तहको सिफारिस, अन्य  तरिकाले  हुर्केको  भए  सम्बन्धित  स्थानीय  तहको  सिफारिसका आधारमा नागरिकता दिने प्रावधान राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप