३० वर्षको प्रतिक्षा अन्त्य गर्न लिभरपुल मात्र दुई अंकले टाढा
क्रिस्टिल प्यालेसविरुद्ध गोल वर्षा गर्दै लिभरपुल ३० वर्षपछि प्रिमियर लिग उपाधिको नजिक पुगेको छ । लिभरपुलको निश्चित उपाधिलाई केही पर ढकेल्न म्यान्चेस्टर सिटीले बिहीबार चेल्सीलाई हराउनै पर्ने हुन्छ ।
आइतबार मर्सिसाइड डर्बीमा एभर्टनसँग गोलरहित बराबरी खेलेको लिभरपुरलले आफ्नो गृहमैदानमा भने उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । खेलको २२ औँ मिनेटमा नै ट्रेन्ट अलेक्सेन्डर आर्नोल्डले फ्रिकिक मार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । पहिलो हाफको अन्त्यमा मोहमद शलाहले अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा फाबिन्होले ३० यार्ड टाढाबाट उत्कृष्ट गोल गरे भने साडियो मानेले लिभरपुलका लागि चौँथो गोल गरे ।
एनफिल्डमा लिभरपुलको यो सिजन सबै प्रतियोगितामा २० आँै जीत थियो । युरोपका ठूला ५ लिगमा सन् २०१९–२० को सिजनमा घरेलु मैदानमा २० जीत हासिल गर्ने लिभरपुल पहिलो टोली हो । लिभरपुलले लगातार तेस्रो सिजनमा सबै प्रतियोगितामा १ सयभन्दा बढी गोल गर्न सफल भएको छ ।
३१ खेलपछि लिभरपुलको ८६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको सिटीभन्दा लिभरपुल २३ अंकले अघि रहेको छ । तर, सिटीले एक खेल कम खेलेको छ । लिभरपुलले अब म्यान्चेस्टर सिटीको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण