ओखलढुंगामा एम्बुलेन्स दुर्घटना ,चालकको मृत्यु
ओखलढुंगाको लिखु गाउँपालिकामा बिरामी बोक्न गएको एम्बुलेन्स दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहिबार बिहान गाउँपालिकाबाट बिरामी बोक्न वडा नम्बर ९ को पोकलीतर्फ जादै गरेको एम्बुलेन्स वडा नम्बर ६ को कात्तिकेभिरमा दुर्घटना हुँदा एम्बुलेन्स चालक लिखु गाउँपालिका ४ यसमका २३ वर्षीय सुदर्शन खत्रीको घटनास्थलमै मृत्यु भएको गाउँपालिकाले पुष्टी गरेको छ ।
गाउँपालिकाको प्रदेश नम्बर ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको गाउँपालिका अध्यक्ष गोबिन्द पौडेलले जनकारी दिए ।
वडा नम्बर आठ का वडा अध्यक्षले पोकलीबाट बिरामीलाई काठमाडौँ लैजान एम्बुलेन्स मगाएपछि चलक बिहानै एम्बुलेन्स लिएर पोकलीतर्फ लागेका थिए । दुर्घटनास्थल कात्तिके भिरमा घुम्ती रहेको र बाटो समेत साघुँरो भएको स्थानबाट एम्बुलेन्स दुर्घटनामा परेको गाउँपालिकाले जनाएको छ । घटनास्थलमा अहिले स्थानिय प्रहरी पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण