गण्डकीमा थप १४ जनामा कोरोना पुष्टि
बिहीबार, ११ असार २०७७, १७ : ५५
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका १४ नयाँ संक्रमित संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपर र तनहूँमा गरि १४ नयाँ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार तनहुँको म्याग्दे गाउँपालिकाका ७ जना पुरुष र २ जना महिला, नवलपुरको विनय त्रिवेणीमा ४ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएको हो ।
निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले संक्रमित १५ जनालाई आइसोलेसनमा लैजाने तयारी भई रहेको जानकारी दिए । योसँगै गण्डकीमा संक्रमितको संख्या ७ सय ६७ पुगेको छ । कोरोनाबाट गण्डकीमा मृत्यु हुनेको संख्या २ छ । संक्रमितमध्ये ९१ जना निको भएर घर फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण