महामारीका कारण लागुऔषध सेवन गर्नेको सङ्ख्या बढ्ने खतरा
एजेन्सी । कोभिड–१९ महामारीको कारण विश्वभर लागूऔषध सेवन गर्ने मानिसको जनसङ्ख्या बढेको संयुक्त राष्ट्र संघीय कार्यालयको एक रिपोर्टमा बताइएको छ ।
लागु औषध तथा अपराध नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (युएनओडीसी) का कार्यकारी निर्देशक गडा वालाईले भने– ‘कोभिड–१९ महामारीका कारण् हाम्रो स्वास्थ्य र सामाजिक प्रणालीहरू समस्यामा पुगेका छन् र हाम्रा समाजहरू यसको सामना गर्न संघर्ष गरिरहेका छन् । यस अवस्थामा आर्थिक मन्दीले लागु औषध दुर्व्यसनी दरलाई अझ जटिल बनाउने खतरा रहेको छ ।’
युएनओडीसीद्वारा हालै जारी ‘वल्र्ड ड्रग रिपोर्ट’मा भनिएको छ– ‘सन् २०१९ मा करिब २६ करोड ९० लाख मानिसहरूले लागुऔषध प्रयोग गर्ने गरेका भेटिएको छ, जुन सन् २००९ को भन्दा ३० प्रतिशत बढी हो । साथै लागु औषध सेवनका कारण तीन करोड ५० लाख भन्दा बढी मानिसको स्वास्थ्यमा समस्या हुने गरेको छ ।’
सन् २०१८ को रिपोट अनुसार संसारमा सबैभन्दा बढी प्रयोग भएको लागु औषध गाँजा हो । विश्वमा अनुमानित १९ करोड २० लाख व्यक्तिले गाँजाको सेवन गर्ने गर्दछन् । गाँजाको दुब्र्यशनीका कारण करिब ७१ प्रतिशत व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन् ।
गाँजापछि धेरै प्रयोग हुने अफिम सबैभन्दा हानिकारक लागु औषधका रूपमा रहेको छ । सीमा नियन्त्रण र महामारीसँग सम्बन्धित अन्य प्रतिबन्धहरूले गर्दा सडकमा लागूपदार्थको अभाव भएको छ र मूल्य बढेको छ र शुद्धता घटेको रिपोर्टमा उल्लेख गरिएको छ ।
कोभिड–१९ को महामारीले लागु औषधहरूको बजारमा अभाव पनि देखिएको छ र यसको विकल्पमा ती पदार्थको सेवनकर्ताले सहजै पाइने रक्सी, बेन्जोडाइजेपाइन वा सिन्थेटिक औषधिहरू प्रयोग गर्नसक्ने बताइएको छ ।
महामारीको कारण हुने अवसरहरूले सबैभन्दा बढी गरिब जनसङ्ख्यालाई पार्ने र पैसा कमाउनको लागि उनीहरू लागूपदार्थको प्रयोग, लागुपदार्थको तस्करी र खेतीमा आकर्षण हुने बढी जोखिममा रहेको युएनओडीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण