आजको मौसम पूर्वानुमान
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेकोे छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ ।
यसैगरी, पूर्वानुमानले हाल देशभर बदली रहेको छ र देशभर थोरै स्थानहरुमा वर्षा भइरहेको जनाएको छ ।
महाशाखाले जारी गरेको शुक्रबारको मौसम पूर्वानुमानका अनुसार आज दिउँसो देशभर सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित भारी वर्षा सम्भावना रहेको छ।
यस्तै, राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भने, प्रदेश १ , प्रदेश २, प्रदेश नं ५ तथा गण्डकी प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण