लद्दाख क्षेत्रमा भूकम्पको धक्का
एजेन्सी । चीन र भारतको सीमा क्षेत्र लद्दाखमा शुक्रबार साँझ ८ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको झड्का महसुस भएलगत्तै स्थानीय सर्वसाधारणहरुमा त्रास फैलिएको थियो । भारतीय राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु लद्दाख र कारगिलदेखि २०० किलोमिटर उत्तरपश्चिम क्षेत्रमा परेको थियो ।
भारतमा शुक्रबार अन्य क्षेत्रमा पनि भूकम्पको झड्का महसुस गरिएको थियो । हरियाणा र रोहतक क्षेत्रमा २.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो । त्यस्तै मेघालयमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । मेघालयमा ३.३ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ ।
मेघालयको भूकम्पको केन्द्रबिन्दु टुरादेखि ७९ किलोमिटर पश्चिममा परेको थियो । भारत यसबेला कोरोना महामारीसँग लडिरहेको छ भने लद्दाखमा चिनियाँ सेनासँगको टकरावको स्थिति पनि कायमै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण