‘इन्स्टाग्राम’मा अमर सुशान्त सिंह राजपूत
एजेन्सी – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि उनका प्रशंसकहरु उनको यादमा डुबिरहेका छन् । उनको निधन भएको ११ दिनभन्दा बढी भइसक्दा पनि प्रायः उनको निधनलाई स्वीकार गर्न सकिरहेका छन् । सामाजिक सञ्चाल, सञ्चार माध्यम जताततै उनको बारेमा लेखिएका पोस्ट्हरु देख्न सकिन्छ ।
यसैबीच, सुशान्तलाई इन्स्टाग्राममा अत्यधिक फलो गर्न थालिएको छ भने सुशान्त सिंहजस्ता तीक्ष्ण दिमाग र अभिनयमा पोख्त कलाकारले किन आत्महत्या गरे त ? भन्ने विषयमा त बलिउडमा तहल्का नै मच्चिएको छ । नेपोटिज्ममाथि उठिरहेका प्रश्न, गुटबाजीका कुरा र बलिउडका ठूलाबडाको राजका बारेमा खुलेर विरोध समेत हुन थालेको छ ।
पछिल्ला दिनहरुमा सुशान्तको इन्स्टाग्राममा तीव्र गतिमा फलोअर्स बढिरहेको छ भने बलिउडका अन्य कलाकारको फलोअर्स घटिरहेको छ । सुशान्तको निधनपछि २ मिलियन फलोअर्स बढेको छ । उनको जुन १४ सम्म ११.८ मिलियन फलोअर्स थियो भने अहिले १३ मिलियन फलोअर्स पुगेको छ ।

सुशान्तको आत्महत्यापछि उनको सामाजिक सञ्जाल इन्स्टाग्रामको बायोमा ‘रिमेम्बरिङ’ शब्द जोडिएको छ । उनको निधनपछि इन्स्टाग्रामका पुराना भिडियो तथा तस्बिरहरु हेर्दै उनका प्रशंसकहरुले उनलाई याद गरिरहेका छन् । उनको निधन भएको पाँच दिनपछि उनको अकाउन्ट ‘मेमोरी’ बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण