कोरोनाभाइरसको पीसीआर परीक्षण दायरा बढाउँदै सरकार, अब देशभरका ३३ ठाउँबाट परीक्षण
काठमाडौं । सरकारले कोरोना परीक्षणको दायरा बढाउने भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म देशका २३ वटा प्रयोगशालाबाट कोरोनाभाइरसको पीसीआर परीक्षण हुँदै आएकोमा थप १० स्थान बढाइएको हो ।
योसँगै अब देशभरका ३३ स्थानबाट पीसीआर परीक्षण हुने भएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघिसकेपछि सरकारले पीसीआर परीक्षणपनि बढाउँदै लैजाने तयारी गरेको हो ।
स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार शुक्रबार जारी सूचनामा झापाको मेची अस्पताल, डडेल्धुराको जिल्ला अस्पताल, दैलेखको जिल्ला अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र काठमाडौं, सशस्त्र प्रहरी अस्पताल बलम्बु, पाल्पाको तानसेन अस्पताल, बागलुगको धौलागिरी अस्पताल, धनकुटा अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाली सेनाकोकाठमाडौ अस्पतालमा प्रयोगशाला स्थापना गरेर कोरोना परीक्षण गरिने उल्लेख छ ।
मन्त्रालयले सम्भावित संक्रमितको अवस्था हेरेर प्रयोगशाला स्थापना गर्न लागेको पनि जनाएको छ ।
यी नयाँ १० ठाउँसँगै अब ३३ ठाउँबाट कोरोनाको पीसीआर विधिबाट परीक्षण हुनेछ । नयाँ ठाउँबाट कोभिड–१९ को परीक्षण गरे दैनिक १० हजार जनाको परीक्षण गर्न सकिने मन्त्रालयले जनाएको छ ।
अहिले २३ प्रयोगशालाबाट दैनिक ६ हजार पीसीआर विधिबाट परीक्षण भइरहेको छ । अहिलेसम्म २ लाख ६ हजार २७१ जनाको पीसीआर परीक्षण गरिएको छ । सरकारले असार १५ बाट दैनिक १० हजार जना संक्रमणको आशंका गरिएकाहरुको पीसीआर परीक्षण हुने जानकारी दिएको थियो । त्यही अनुसार नै प्रयोगशाला थप गर्न लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण