सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु
काठमाडौं । विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ६ जनाकाे मृत्यु भएकाे छ ।
प्रहरीकाअनुसार सर्लाहीको कबिलासी नगरपालिका-१० स्थित सडकमा बा.१० प ४४८१ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ७० वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मंलगवा हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मंलगवा नगरपालिका-५ भाडसर बस्ने मोहमद गुलाम गैसको जिल्ला अस्पताल मंलगवामा उपचार भइरहेको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० रामनगरस्थित सडकमा रोकी राखेको ना.६ ख ६२४ नम्बरको ट्रकमा बा.१४ च ६८७९ नम्बरको गाडी ठोक्किएर शुक्रबार राति दुर्घटना हुँदा उक्त गाडीमा सवार २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा सियारी गाउँपालिका-६ अमुवा बस्ने २२ वर्षीय रोशन गुरुङको घटनास्थलमै र बुटवल उपमहानगरपालिका-११ कालिकानगर बस्ने २१ वर्षीय शुशिल कुँवरको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । दुवै गाडीका चालकलाई सवारी साधन सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रौतहटको गुजरा नगरपालिका-४ कनकपुरमा ना.७ त ८७३८ नम्बरको ट्याक्टर अन्यत्रित भई शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक २० वर्षीय संजय माझीको मृत्यु भएको छ ।
बाराको सिम्रौनगढ नगरपालिका-७ पर्सा टोलमा पनि बिआर ०५ एम ७९५९ र बिआर ०५ एइ ६१६२ नम्बरका मोटरसाइकल शनिबार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा बिआर ०५ एम ७९५९ नम्बरको मोटरसाइकलका चालक सोही ठाउँ बस्ने ४२ वर्षीय अबताब आलमको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न हाल फरार रहेका बिआर ०५ एइ ६१६२ नम्बरको मोटरसाइकलका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी चितवनको खैरहनी नगरपालिका-४ लापाटोलस्थित ना.७ त ४४८८ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ५७ वर्षीय रिट्ठे परियारको शनिबार बिहान मृत्यु भएको छ ।
आफ्नै खेत जोत्ने क्रममा उक्त ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण