सुदूरपश्चिम प्रदेशमा थप २१४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप २१४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या १७ सय १२ पुगेको छ । शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षण बाट २१४ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि नै ३५८ संक्रमित निको भइ घर गइसकेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ११६, वीर अस्पताल प्रयोगशालामा ६, शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा ६२ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट ३० जनामा पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया व्रिफिङ्गमा जानकारी दिएको छ ।
पुष्टि भएका मध्ये कैलालीका २० पुरुष र ६ महिला, कञ्चनपुरका ३ पुरुष, अछामका १६ पुरुष र ३ महिला, बाजुरा ५१ पुरुष र १२ महिला छन । त्यसैगरी बैतडीका २१ पुरुष र ६ महिला, डडेल्धुराका ६ पुरुष र १ महिला, डोटी ३७ पुरुष र २४ महिला, बझाङ्ग ७ पुरुष र १ महिला रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
प्रदेशमा हालसम्म १६ हजार ९३५ जनाको पीसीआर बिधिवाट कोरोना परीक्षण गरिएको र १४ हजार ८५९ को नतिजा नेगेटिभ आएको कार्कीले बताए । ४ हजार १७४ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिवाट १ लाख ८ हजार ३५८जनामा परिक्षण गरेको छ ।
हालसम्म फेला परेका संक्रमितहरु अछामका १३३, बैतडीका २३१, बझाङ्गका ७२, बाजुराका १९१, डडेल्धुराका २२६, दार्चुला १६, डोटीका ३२३, कैलालीका ५७७, कञ्चनपुरका ३०७ गरी २०७६ रहेका छन् ।
क्वारेन्टिनमा १२ हजार ९१९ पुरुष र ३ हजार ४८३ महिला रहेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा १०, टिकापुरमा ४४, महाकालीमा १३, अछाममा १०, बझाङ्गमा १, डोटीमा १, बाजुरामा १, डडेल्धुरामा ३४, दार्चुलामा १ र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भइरहेको छ । बाँकी भने ९ वटै जिल्लाको आइसोलेसनमा रहेको कार्कीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण