मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

एक दर्जन बढी देशसँग नेपालको व्यापार नाफामा

आइतबार, १४ असार २०७७, १४ : ५१
आइतबार, १४ असार २०७७

काठमाडौं । नेपालको  वैदेशिक व्यापार घाटाको ग्राफ कहालीलाग्दो छ । तर, केही देशसँग भने नेपालको व्यापार नाफामा पनि छ । सुन्दा अचम्म लागेपनि थोरै मात्र भएपनि केही यस्ता देश छन् जससँग नेपालको व्यापार नाफामा छ । 
नाफामा रहने देशमा अल्जेरिया, अफगानिस्तान, अर्मेनिया, बहमास, बोलिभिया, बोस्निया, बुरुण्डी, क्यामरुन, कोलम्बिया, साल्भेडोर, ग्रिस, मौरिसस, मोनाक्को लगायत छन् । 

अल्जेरियासँगको व्यापार ७ करोड ५० लाख ९५ हजार  नाफामा छ । यो देशबाट ५१ लाख ३२ हजारको आायत भएको छ भने यस देशमा नेपालबाट ८ करोड २ लाख २८ हजार रुपैयाँ बराबराको निर्यात भएको छ । 

 यस्तै अफगानिस्तासँगको व्यापार १४ लाख ७५ हजार रुपैयाँ नाफामा छ । यस देशबाट २ लाख ११ हजार रुपैयाँको आयात भएको छ भने यसदेशमा नेपालबाट १६ लाख ८६ हजारको निर्यात भएको छ । यस्तै बुरुण्डीमा निर्यात मात्र हुन्छ भने आयात भएको तथ्यांकमा देखिँदैन । यस देशमा २१ लाख ८८ हजारको निर्यात भएको छ । बोस्नियासँग ३ लाख ८० हजारको आयात हुँदा १० लाख ९० हजराको निर्यात भएको छ । कोलम्बियासँग २० लाख ५८ हजार नाफामा छ । क्रोयसियासँग ६७ लाख ५७ हजार रुपैयाँ नाफामा छ भने ग्रीससँग ४० लाख ४३ हजार रुपैयाँ नाफामा छ । 

यी देशमा व्यापार नाफामा भएपनि नेपालको समग्र ब्यापार घाटा भने  निकै बढी छ । भन्सार विभागको तथ्यांकलाई आधार मान्ने हो भने चालु  आर्थिक वर्षको ११ महिना (जेठ) सम्म नेपालको व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड ३ लाख १० हजार रुपैयाँ रहेको छ । 

लकडाउनका कारण व्यापार घाटामा १६.४३ प्रतिशतले कमी आएको छ । गत वर्ष यस अबधिमा १२ खर्ब ११ अर्ब रुपैयाँ ब्यापार घाटा पुगेको थियो । समग्रमा आयात ११ खर्ब ८१ करोड रुपैयाँको भएको छ भने निर्यात  ८८ अर्ब ३१ लाख रुपैयाँको भएको भन्सार विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप