एक दर्जन बढी देशसँग नेपालको व्यापार नाफामा
काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटाको ग्राफ कहालीलाग्दो छ । तर, केही देशसँग भने नेपालको व्यापार नाफामा पनि छ । सुन्दा अचम्म लागेपनि थोरै मात्र भएपनि केही यस्ता देश छन् जससँग नेपालको व्यापार नाफामा छ ।
नाफामा रहने देशमा अल्जेरिया, अफगानिस्तान, अर्मेनिया, बहमास, बोलिभिया, बोस्निया, बुरुण्डी, क्यामरुन, कोलम्बिया, साल्भेडोर, ग्रिस, मौरिसस, मोनाक्को लगायत छन् ।
अल्जेरियासँगको व्यापार ७ करोड ५० लाख ९५ हजार नाफामा छ । यो देशबाट ५१ लाख ३२ हजारको आायत भएको छ भने यस देशमा नेपालबाट ८ करोड २ लाख २८ हजार रुपैयाँ बराबराको निर्यात भएको छ ।
यस्तै अफगानिस्तासँगको व्यापार १४ लाख ७५ हजार रुपैयाँ नाफामा छ । यस देशबाट २ लाख ११ हजार रुपैयाँको आयात भएको छ भने यसदेशमा नेपालबाट १६ लाख ८६ हजारको निर्यात भएको छ । यस्तै बुरुण्डीमा निर्यात मात्र हुन्छ भने आयात भएको तथ्यांकमा देखिँदैन । यस देशमा २१ लाख ८८ हजारको निर्यात भएको छ । बोस्नियासँग ३ लाख ८० हजारको आयात हुँदा १० लाख ९० हजराको निर्यात भएको छ । कोलम्बियासँग २० लाख ५८ हजार नाफामा छ । क्रोयसियासँग ६७ लाख ५७ हजार रुपैयाँ नाफामा छ भने ग्रीससँग ४० लाख ४३ हजार रुपैयाँ नाफामा छ ।
यी देशमा व्यापार नाफामा भएपनि नेपालको समग्र ब्यापार घाटा भने निकै बढी छ । भन्सार विभागको तथ्यांकलाई आधार मान्ने हो भने चालु आर्थिक वर्षको ११ महिना (जेठ) सम्म नेपालको व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड ३ लाख १० हजार रुपैयाँ रहेको छ ।
लकडाउनका कारण व्यापार घाटामा १६.४३ प्रतिशतले कमी आएको छ । गत वर्ष यस अबधिमा १२ खर्ब ११ अर्ब रुपैयाँ ब्यापार घाटा पुगेको थियो । समग्रमा आयात ११ खर्ब ८१ करोड रुपैयाँको भएको छ भने निर्यात ८८ अर्ब ३१ लाख रुपैयाँको भएको भन्सार विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण